तिम्रा “राष्ट्रियता, लोकतन्त्र र नागरिक सर्वोच्चता” तिमीसँगै राख
कमरेड, म तिम्रो नागरिक सर्वोच्चताका लागि किन लड्ने? महोदय, म तिम्रो लोकतन्त्र र प्रजातन्त्रका
लागि बलीको बोको किन बन्ने? मलाई दुई छाक खान, राम्रोसँग सुत्न र आङ ढाक्न कपडाको जोहो गर्न सिकाइदेउ वा व्यवस्था गरिदेउ त्यसपछि तिम्रा माग र नाराका बारेमा सोच्दै गरौंला। मलाई तिम्रो नोकर बने पनि नोकर नै बन्नु छ र अर्को कसैको नोकर बने पनि नोकर नै बन्नु छ भने म तिम्रै नोकर किन बनुँ? मालीक, मेरा लागि मालीक नै हुने भएपछि बोर्डर भित्रको मालीक र बोर्डर बाहिरको मालीकका माझ मैले किन विभेद गरौं? काला र गोरा, अग्ला र होचा, यो जात र त्यो जात भनेर किन छानौं? तिमीलाई बोर्डर चाहिएको होला, तिमीलाई प्रजातन्त्र, राष्ट्रियता, गणतन्त्र, नागरिक सर्वोच्चता चाहिएको होला, तिमीलाई शान्ति र विकास पनि चाहिएको होला तर मलाई सबैभन्दा पहिले दुई छाकको खाना चाहिएको छ, जाडोमा ओड्ने र गर्मीमा ओछ्याउने कपडा चाहिएको छ। मलाई यति भए तिम्रो गणतन्त्र फलोस् फुलोस्, तिम्रो राष्ट्रियता खतरामा नपरोस्, तिम्रो नागरिक सर्वोच्चता कायम होस् भन्ने कामना मैले पनि गरिदिन्छु।म दाङको कुनै गाउँमा बसेर मालीकको लागि हलो किसानी गर्ने र मजदुरी गरेर दैनिक गुजारा चलाउने राम लखनलाई के को लोकतन्त्र, के को नागरिक सर्वोच्चता अनि के को शिशु गणतन्त्र र प्रजातन्त्र? विहान खान पाए साँझ के खाने हो भनेर चिन्ता गर्ने म जस्तो मान्छेका लागि कुन दश गजा हो, कुन बोर्डर हो अनि कुन नेपाल, कुन भारत वा कुन चीन र अन्य मुलुक हो? मेरो भोको पेटले बोर्डरका माझ कुनै विभेद गर्दैन। मेरो बालबच्चालाई मागेर खानका लागि कुनै बोर्डरले छेक्न सक्दैन।माग्ने मान्छेका लागि के को राष्ट्रियता? खान नपाउने भोकाका लागि के को आफ्नो देश अनि के को पराई देश? कमरेड मैले त कुनै सिमाना देखेको छैन, मैले कुनै दश गजा र जङ्गे पीलर देखेको छैन।म त हिजो पनि त्यहीँ थिए, त्यस्तै थिएँ, आज पनि त्यहीँ छु, त्यस्तै छु।मलाई मेरो राष्ट्रियता के हो थाहा छैन तर जहान, बालबच्चा र मेरो भोक, गरिबी र अभाव के हो राम्रोसँग थाहा छ। मैले साहूको घरमा काम नै गर्नुपरेपछि बोर्डर पारि काम गरे पनि वारि काम गरे पनि के को गर्व, के को स्वाभिमान? माग्नु नै परेपछि, बोर्डर वारि मागे पनि माग्नु नै हो पारि मागे पनि माग्ने नै हो फेरि जङ्गे पीलर जहाँ राखे पनि मलाई के फरक पर्छ र कमरेड? बस, मैले त राम्रोसँग माग्न पाउनु पर्छ। देश र राष्ट्रियता भनेको ढुङ्गा, माटो, जग्गा, जमिन हो भने सारा नेपालीको जग्गा हुँदा म जस्ता कैयौं मान्छेको कुनै देश छैन, कुनै राष्ट्रियता छैन किन भने मेरो आफ्नो जमिन छैन, जग्गा छैन। यदि देश, राष्ट्रियता भनेको जनता पनि हो भने म जहाँ जान्छु, म जहाँ बस्छु त्यो देश हो, त्यो नै राष्ट्रियता हो। मलाई म बाँच्न नसक्ने राष्ट्रियताको के काम? मलाई म नअटाउने देशको के अर्थ, के महत्त्व?
कमरेड, न त सुरक्षा दिन सक्छौ, न खाना, न बास र कपास दिन सक्छौ। न कुनै आशा दिलाउन सक्छौ, न कुनै भविष्यको सपना देखाउन सक्छौ। तिमीबाट मैले के आशा गरौं कमरेड? तिम्रा कुन कुरा पत्याउँ अनि तिमीले भनेको कुन बाटोमा हिडौं? मलाई दुईटा चक्की औषधी चाहिएको छ, के तिम्रो नागरिक सर्वोच्चताले औषधीको काम गर्छ? के तिम्रो गणतन्त्र वा प्रजातन्त्रले म विरामी हुनुको कारण पहिल्याउने कोशिस गर्छ? मलाई दुई छाक खान मन लागेको छ, के तिम्रो नागरिक सर्वोच्चता, गणतन्त्र वा प्रजातन्त्रले त्यसको जोहो गर्न सक्छ? मलाई लगाउने कपडा चाहिएको छ। वर्षा लाग्दैछ ओतिने बास चाहिएको छ। कमरेड! के तिम्रा कुराले र कामले मेरो कपडाको जोगाड हुन सक्ला, के वर्षामा मेरा लालाबालाहरूलाई जोगाउन सकुँला?
कमरेड, मैले ठूला सपना देखेको छैन।मैले कुनै ठूलो माग राखेको छैन। मेरा नाममा राजनीति गरेकाले मलाई मनमा लागेको कुरा राखेको मात्र हो।नत्र त तिमीलाई जसरी मेरो मतलब थिएन वा छैन त्यसैगरि मलाई तिम्रो मतलब पनि थिएन र छैन पनि।तर, जब तिमीले बारम्बार मेरो नाम लिएर म जस्ता अन्यलाई सडकमा नाङ्गो दौडाउन खोज्छौ, म जस्ताको नाममा तिमीले जब राजनीति गर्छौ, जब तिमीले मेरो राष्ट्रियताको परिभाषा आफ्नो परिभाषा अनुसार परिभाषित गर्छौ, अनि जब तिमीले राष्ट्रिय स्वाभिमान र राष्ट्रियताका लागि जागरूक हुन र आन्दोलन गर्न आह्वान गर्छौ, मलाई एउटा कथाको सम्झना आउँछ।
एउटा मालीकको आफ्नो पञ्जाबाट फुत्केको घोडालाई फकाउँदै भनेछ,- “हेर है बढी नमात्ती फेरि तँ शत्रुको कब्जामा पर्लास् र तँलाई कैद गरी र दु:ख देला।“विचरा घोडा मालिकतिर फर्केर भनेछ,- “मलाई तिमी कहाँ गए पनि उहीँ दुख हो अर्को मालीकले लगे पनि उही दुख दिने हो।मेरो काम मालीकको भारी नै बोक्ने भएपछि मलाई जो सुकै मालीक भए पनि के चिन्ता? तिमीहरू पो एक आपसमा शत्रु त, मेरो लागि त तिमीहरू दुवै मालीक न पर्यौं”।
कमरेड यो कथा घोडाको मात्र होइन, हामी जस्ता गरीब, सर्वहारा नेपालीको पनि हो। हामीलाई राजा मालीक बनेर आउँदा पनि उहीँ थियो, त्यसपछि प्रजातन्त्र नामक शासनका मालीक आउँदा पनि उस्तै, गणतन्त्र नामक शासनका मालीक आउँदा पनि उस्तै। हामीलाई दश गजा र जङ्गे पीलर वारी बसे पनि मालीककै सेवा गर्नुछ, दश गजा र जङ्गे पीलर पारी गए पनि मालीककै सेवा गर्नुछ। आखिर सेवा नै गर्ने हो भने तिमीले भने जस्तो मात्र किन गर्ने? तिम्रो खटन पटन र निर्देशन किन मान्ने? तिम्रो अर्ति उपदेश र भाषण किन सुन्ने अनि किन मान्ने?
हामीलाई रैति वा घोडाकै दर्जामा राख्ने हो भने तिम्रो सिमानाको सुरक्षा तिमी नै गर। तिम्रा सिमानामा परेड तिमी नै खेल। तिम्रा राष्ट्रियता, प्रजातन्त्र वा नागरिक सर्वोच्चताका कथा तिमीसँगै राख।हामी त जहाँ जान पनि स्वतन्त्र छौ, जसको सेवा गर्न पनि स्वतन्त्र छौं। मालीक आखिर मालीक नै हुन्, दशगजा पारीका मालीकको सेवा गरे पनि, अरबका मालीकका सेवा गरे पनि वा यूरोप र अमेरिकी मालीकका सेवा गरे पनि। सेवा गर्नेहरूको कुनै राष्ट्रियता हुँदैन, कुनै देश हुँदैन, कुनै सिमाना र बन्देज हुँदैन। ऊ सबैभन्दा स्वतन्त्र हुन्छ, कम्तिमा मालीक फेर्ने स्वतन्त्रता ऊसँग हुन्छ र त्यो स्वतन्त्रताबाट उसलाई कसैले वञ्चित गर्न सक्दैन र तिमीले पनि मेरो त्यो स्वतन्त्रता खोस्ने कोशिस नगर।
Friday, 26 June 2009
यस्तो फेरि कहिले नहोस्!
ख्याति हत्याको विरोधमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै बिहीबार निस्केको विद्यार्थीहरुको जुलुसमा देखिएका नारा र ख्यातिको फाइल फोटो। घटना सार्वजनिक भएदेखि अहिलेसम्म पनि अधिकांशले त्यो क्रुर र पाशविक हत्याको विवरणलाई आफ्नो दिमागबाट हटाउन सकेका छैनन्। मध्याह्न १२ बजेको चर्को घाम। पर्वाह थिएन उनीहरुलाई। नारा लगाउँदै हिँडेका थिए विद्यार्थीहरु। उनीहरुलाई हेरिरहेका बाटो वरपर बसेका बटुवाहरुसमेत जुलुसको नारामा मौन समर्थन जनाइरहेका थिए। बिचरी ! अब यस्तो कहिल्यै नहोस् !! केही आफूआफूमा यस्तो भन्दै थिए।

घटनाको क्रुरताको विवरण जसै आउँदै गयो, सारा नेपाली स्तब्ध हुन पुगेका छन्। घरघरमा अहिले यही घटनाको चर्चा छ। तपाईँ हाम्रो मनमा त यो सब कुरा सुन्दा यति पीडा हुन्छ भने ती बिचरा मातापिताको हालत के भयो होला, जसकी एक्ली छोरीको पापीले यो हालत बनायो। घटनाको बारेमा प्रहरीले अझै छानबिन सकाइसकेको छैन। तर प्रारम्भिक परिणामले देखाएको कुरा चिन्ताजनक छ। जसलाई यो घटनामा मतियार भनी पक्रिएको छ, ती बिचरी १६ वर्षीया किशोरीलाई पनि उनले निकै शोषण गरेका रहेछन्। बिचरीको जीवनै बर्बाद बनाइदिएछन् त्यो पापी पशुले पनि नगर्ने काम गर्नेले। एभीएममा पढाउँदादेखि नै विद्यार्थी थिइन् रे ती किशोरी। तीन वर्षदेखि यौन शोषण गर्दै आएका थिए रे।
यतिविघ्न पापकर्म गरिसक्दा पनि वीरेन प्रधान नामका ती क्रुर अपराधीलाई पटक्कै ग्लानी भाव छैन रे। अझ छुटेपछि सबलाई गोली ठोकेर मार्छु भन्दै प्रहरीलाई थर्काउँदै बसिरहेको छ रे। आखिर यस्ता पापीलाई कस्तो सजाय दिने त ? कडाभन्दा कडा सजायको माग भन्ने गरिन्छ। तर वीरेन जस्तालाई दिने सजाय के हो ?
बेलायतमा पत्रकार भेला र औचित्वचिरन शर्मा
बेलातयमा कार्यरत नेपाली पत्रकारहरुको भेला हालै सम्पन्न भएको छ । भेला बेलायतमा रहेका पत्रकारहरुलाई एकै ठाउँमा उभ्याएर आफ्नो भावी रणनीतिको बारेमा मन्थन गर्न कोसेढुंगा साबित भएको थियो । नेपाल-ब्रिटेन डट कमले नेपाली पत्रकारहरुलाई गत डिसेम्बरमा नै एकै स्थानमा जम्मा गराएर पहिलो पटक वर्गीय हित तथा विविध समस्याका बारेमा चिन्तन गराएको थियो । त्यही भेलाको उपलब्धिका रुपमा गत महिना भेला सम्पन्न भएको थियो । गैर आवासीय नेपाली र विदेशमा नेपाली मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बेलायतमा रहेका संचारकर्मीले व्यापक छलफल गरेका थिए । त्यही अन्तर्त्रिmयामा पत्रकारहरुका समस्यालाई संगठित रुपमा समाधान गर्नुपर्छ भन्ने निष्कर्षसमेत निकालिएको थियो । त्यही निष्कर्षो उपलब्धिको रुपमा अहिले नेपाली पत्रकारहरु संगठित हुन थालेका छन् । बेलायतमा पत्रकार संगठित हुनुलाई उपलब्धिकै रुपमा लिनुपर्छ । यसलाई अरु संघसंस्थासँग तुलना गर्न पनि मिल्दैन । पत्रकारिता एउटा स्वतन्त्र र मर्यादित पेसा हो । यसलाई हेर्ने दृष्टिकोण जहिले पनि सकारात्मक हुनुपर्छ । कुनै एक व्यtmि वा संस्थाले गरेको पीत पत्रकारितालाई उदाहरण बनाएर सिंगै पत्रकारिता पेसालाई मुछ्नु हुँदैन । सकारात्मक तथा नकारात्मक पक्ष सबै संघ संस्थामा हुन्छन् नै, दुवै पक्षलाई नियालेर विश्लेषण गर्नुपर्छ । पत्रकारिता पेसामा भएका विकृतिलाई चिर्न बेलायतमा रहेका पत्रकार अवश्य लाग्ने नै छन् । नेपाली समाज बेलायतमा भएका गतिविधिलाई हालसम्म नेपाली पत्रकारहरुले उच्च प्राथमिकताका साथ समाचार बनाएर पाठकसामु ल्याइरहेकै छन् ।बेलायतमा नेपालीहरुले गर्दै आएका सानातिना कार्यक्रमहरुलाई पनि यहाँका पत्रपत्रिकाले महत्वका साथ नियमित समाचार प्रकाशित गरिरहेका छन् । खासगरी सामाजिक संघसंस्थाका गतिविधिलाई प्रमुख समाचारका रुपमा स्थान दिइरहेका छन् । संघसंस्थाका प्रमुखहरुको अन्तर्वार्ता प्रकाशित भइरहेका छन् तर पनि हाम्रो नेपाली समाजले बेलायतमा भइरहेको पत्रकारितालाई मूकर्दशक भएर र्समर्थन र प्रशंसा गर्न सकिरहेको छैन । पत्रकारितालाई आफ्नो अनुकूल प्रयोग गर्न चाहने केही व्यtmिगत स्वार्थ राख्ने मानिसहरुले पत्रकारिताको बदनाम गरेको पाइन्छ । पत्रकारिताको धर्मलाई अतिरञ्जनाको लेप लगाएर नाम लेख्न र लेखाउन खोज्नेहरुले पत्रकारिताको स्वाभाविक विकासमा ग्रहण लगाउने छन् ।
नेपालमा पत्रकारहरुका आफ्नै बाध्यता छन् । नेपालको परिस्थिति अर्कै छ । पत्रकारहरु आफ्नो रोजिरोटीको लागि पेसालाई दाउमा राखेर थूप्रै खतरा मोल्नुपर्ने बाध्यता छ तर बेलायतमा काम गर्ने नेपाली पत्रकारले आफ्नो पेसालाई स्वतन्त्र रुपमा प्रयोग गर्न सक्ने पर्याप्त वातावरण छ । त्यसको बाबजुद आफ्नो पेसालाई मर्यादित बनाउन सकिएको छैन । यस्ता थुप्रै तगारोहरुलाई छेड्न पत्रकारहरु संगठित हुन अवश्यक भएको कारणले नै बेलायतमा पनि नेपाली पत्रकारहरुको संस्था स्थापना गरिएको हो ।
गत महिना सम्पन्न भेलामा बेलायतमा रहेका सबै संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति थियो । केही गैर पत्रकारहरु पनि पत्रकारको नाममा भेलामा उपस्थित भएको देखेर पत्रकारहरु अलमल परेका भने थिए । भेला बेलायतमा रहेका पत्रकारहरुको हो भन्ने प्रष्ट थियो । भेलामा संगठनलाई श्रमजीवी पत्रकारहरुको साझा संस्था बनाउनुपर्छ भन्ने आवाज उठेको थियो । भेलाको उपस्थिति देखेर आयोजकहरु साँच्चि नै उत्साहित भएका थिए । हिंग नभए नि हिंग बाँधेको टालो भनेजस्तै हाल पत्रकारिता पेसामा नभए पनि पहिला गरेको भनेर आफू खाँटी पत्रकार बनेर उपस्थित हुनेहरु पनि देखिएको थियो । पत्रकार क-कसलाई मान्ने भन्ने बारेमा केही कुराहरु अलमल भएको पनि देखियो । हामी यो कुरामा प्रष्ट हुन जरुरी छ कि जो नियमितरुपमा पत्रकारिता गर्छ त्यो अवश्य नै पत्रकार हो । अर्थात् अंग्रेजीमा Journalist (an editor or writer for newspaper, Magazine etc) सम्पादक, लेखक, पत्रकार, परिचालक (newspaper man) को रुपमा परिभाषित गरिएको छ । माथिको परिभाषामा दुइ पैसा कमाएर मिडिया चलाएकै भरमा पत्रकारको अवश्य पत्रकारको परिभाषाभित्र राख्न सकिँदैन । अर्को शब्दमा पत्रकारलाई समाजको खबर समाजमा पुर्याउने दूतका रुपमा पनि चिन्न सकिन्छ । त्यसैले पत्रकार शब्दलाई अनावश्यक विवादमा लानु आवश्यक छैन । जहाँसम्म बेलायतको नेपाली समाजमा भइरहेको पत्रकारिता छ त्यो घामजस्तै र्छलंग छ । कसले नेपाली पत्रकारिता गरेको छ र कसले नेपाली समाजलाई सूचना प्रवाह गरी योगदान गरिरहेको छ, सबैले मूल्याङ्कन गरिरहेकै हुनुपर्छ । हरेक दिन घण्टा-घण्टामा अपडेट हुने अनलाइन होस् या त साप्ताहिक रुपमा प्रकाशित हुने पत्रपत्रिकाहरु सबैले आफ्नो भूमिका खेलिरहेका छन् । वेलायतमा कार्यरत आम नेपाली पत्रकार एक भएर आफ्नो स्वाभिमानका साथ पत्रकारिता गर्न एक जुट हुन आवश्यक छ । बेलायतका पत्रकारले अस्वस्थ प्रतिस्पर्धा र मनमुटावमा नलागी सबै नेपालीलाई एकताको सूत्रमा बाँधेर सत्य, तथ्य, निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी पत्रकारिताको माध्यमबाट नेपाल र नेपालीको पीडामा मलम लगाउँदै उन्नतिको मार्गतर्फअग्रसर गराउनुपर्छ अनि मात्र बेलायतमा पनि नेपाली पत्रकारिता सगरमाथाझै उच्च हुनेछ ।
अमेरिकी राष्ट्रपतिले नेपालसँग मिलेर काम गर्न
काठमाडौँ -अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी चार वर्षको आफ्नो कार्यकालमा राष्ट्रपति डा. रामवरण यादवसँग मिलेर काम गर्ने धारणा राखेका छन् ।
अमेरिकाको राष्ट्रपतिको पद सम्हालेपछि राष्ट्रपति डा. यादवले पठाएको बधाई सन्देशप्रति धन्यवाद ज्ञापन गर्दै ओबामाले जारी गरेको विज्ञप्तिमा "सुरक्षित विश्व निर्माणका लागि आगामी दिनमा शान्ति र मित्रताका साथ सँगै अघि बढ्ने" चाहना व्यक्त गरेका छन् ।
यादवको पत्रको प्रशंसा गर्दै ओबामाले भनेका छन्- "तपाइँले मलाई बधाईका लागि पठाउनुभएका प्रोत्साहनपूर्ण शब्दको उच्च प्रशंसा गर्दछु ।"

मुटु रोगले माइकल ज्याक्सनको मृत्यु
संसारकै ख्यातिप्राप्त गायक माइकल ज्याक्सनको ५० वर्षको उमेरमा देहान्त भएको छ । उनलाइ किङ अफ पप भनी चिनिन्थ्यो । उनको बिहीबार राति साढे ७ बजे मुटुको रोगका कारण मृत्यु भएको बताइएको छ ।ज्याक्सनलाई युसीएलए मेडिकल सेन्टर लस एन्जल्समा लैजाँदै गर्दा प्रहरी अधिकारी एड विन्टरले उनको मृत्यु भएको बताएका थिए । अस्पतालमा आउनुअघि उनको अवस्था कस्तो थियो भन्ने चाहिँ खुलेको छैन । उनलाइ लस एन्जल्सको अग्नि शमन केन्द्रका अधिकारीहरूले उनको घरबाट राति १२ बजे अस्पताल पुर्याएका थिए । लामो समयसम्म विभिन्न किसिमका स्क्याण्डलमा बेइज्जति भोगेका ज्याक्सनको आर्थिक जीवन पछिल्लो समय तहसनहस भएको थियो । केही समय उनले जेल सजाय पनि भोग्नु परेको थियो ।उनी सन् १९८० को दशकमा एमटीभीको उत्थानसँगै माथि आएका थिए । उनी नाच्ने र गाउने दुवै एक साथ गर्ने क्षमताका कारण प्रशंसकहरूमाझ लोकप्रिय थिए । सन् १९८२ मा पहिलो पटक "थ्रिलर" एल्बमका कारण चर्चामा आएका थिए । त्यसपछि उनको "बिट इट", "बिल्ली जन" जस्ता चर्चित एल्बमहरू बजारमा आए र ती सबैले ५ करोडभन्दा बढी बिक्रीको कीर्तिमान बनाएका थिए ।उनी सन् १९६० को दशकमै उनको पारिवारिक ब्याण्ड "ज्याक्सन ५"को सदस्यका रूपमा गाउन शुरू गरेका थिए । त्यो समूहले निकालेका गीतहरू आइ वान्ट यु ब्याक, एबीसी र आइविल बी देयर नम्बर १ स्थानमा रहेका थिए ।एल्भिस र बिटल्सको हाराहारीउनको उचाइलाइ केही विश्लेषकहरूले एल्भिस प्रिस्ले र बिटल्स समूहजस्तै रहेको केही विश्लेषकहरूले बताएका छन् । उनले लगाउने कालो स्टाइलिस ज्याकेट, चुच्चो मुख भएको जुत्ता, सिक्रीयुक्त पाइन्ट उनको पहिरनको शैलीलाइ विश्वभर नक्कल गरिएको थियो । यसरी वृहद् रूपमा नक्कल गरिएका अन्य ब्याण्डमध्ये बिटल्स र गायकमा एल्भिस प्रिस्ले पनि थिए ।अहिले उनको मृत्युमा पूरै हलिउड र उनका प्रशंसकहरू दुःखी छन् ।

Subscribe to:
Posts (Atom)