Monday, 22 June 2009

लाइसेस्टर स्क्वायरमा पहिलो छाडी दोस्रो ट्युब ट्रेन हुँदै जमिनमाथि निस्कँदा जीएमटी ८.३० मा म रसेल स्क्वायर पुगिहालेँ । पहाडमा मैले पहरे भीरको गौंथली ढुङगाको सुरुङ बाहेक यति विधी सुरुङ रेलमार्गमा यात्रा गरेको यो नै पहिलो चोटी थियो । तर त्यहाँ मेरा पथप्रदर्शक नदेख्दा म केही क्षण अवाक् भएँ । विगबेनले ९ ठोक्न आँटीसकेको थियो । भुलेछन् कि क्या हो भन्ने मनमा चिसो पसेकोले सटकपारिपट्टीको टेलिफोन बुथमा छिरेर २ पाउन्डको ढ्याके छिराउँदै साउथ हारोमा आधा मिनेट मात्रै बोलेको के थिएँ; बुथले २ पाउन्ड नै पचायो । एक पेन्स पनि फिर्ता गरेन ।
ठ्याक्कै यही क्षणमा मेरा यी पथप्रदर्शक रसेल स्क्वायरमा झुल्किए । रुटअनुसार यात्रा गर्न नपाएकोले ढिला भएको रहेछ । एक अर्कामा सेवारो वा सेउ ठोकेपछि हाम्रो सोयाज, लन्डन विश्वविद्यालयको यात्रा अघि बढ्यो । उनी भट्भटाउँदै अघि लागे म पछ्याउँदै गएँ । उनले सबै भन्दा पहिले उनकै शिक्षा संकायमा पुर्‍याए । इ.१८३६ मा स्थापित यो विश्वविद्यालय १९ विभिन्न संकायहरूतथा १२ अनुसन्धान संकाय भएको ३१ वटा मान्यताप्राप्त शैक्षिक संस्थाहरुको एक संघीय मेगाविश्द्यालय हो भने यसका १६० भवनहरू छन् । यो ब्लुम्सबरी जिल्लाको केन्द्रीय लन्डनमा रसेल स्क्वायर ट्युव स्टेसन नजिकै अवस्थित छ । यी तमाम संकायहरुमध्ये स्कुल अव् ओरिएन्टल यान्ड अफ्रिकन स्टडिज (सोयाज) पनि एक हो । हामी एसिया महादेशका अध्येताहरुका लागि र विशेष गरेर साउथ एसियामा नेपालकोलागि यसको विशेष महत्व छ र शिक्षाधाम नै हो । किनभने भिक्टोरियन युगको व्रिटिश रेजिडेन्ट वीएच हज्सनले हाम्रो देश र आसपासबाट लगभग ५ हजार पोका कागजातहरूयतातिर ल्याई थन्काएका छन् ।
यहाँबाट हाम्रा पदचापहरूएउस्टन रोडमा अवस्थित बेलायती राष्ट्रिय पुस्तकालयतिर लम्के; जहाँ प्रवेशद्वारमै कलाकार पाओलोजीले कुँदेको प्रसिद्घ वैज्ञानिक सर आइज्याक न्युटनको प्रयोगशालामा व्यस्त पित्तलमूर्ति राखिएको रहेछ । इ.१९७३ सम्म बेलायती संग्राहलयकै अभिन्न भागको रुपमा रहेको यो पुस्तकालयको नारा नै यहाँ 'संसारको ज्ञान खोज' छ । हुन पनि लाइब्रेरी अव् कङग्रेसपछिको दोस्रो स्थानमा रहेको यो पुस्तकालयमा १४ मिलिएन किताब, ९ लाख २० हजार जर्नल र पत्रपत्रिका, ५८ मिलिएन प्याटेन्ट साथै ३ मिलिएन रेकर्डिङ मौजूद छन् । अचम्मकै कुराचाहिँ के हो भने यसको वार्षिक बजेट नै १० करोड पाउन्ड रहेछ । वाफ् रे ! ज्ञानको मूल्य र यसको खातिर लगानी सम्झेर मेरो मन पानीपानी भयो । उता कीर्तिपुरको केन्द्रीय पुस्तकालय सम्झेर मनभित्र यसै बैराग चल्यो ।
जे जसो भए पनि पाइला अघि बढाउनु नै पर्ने थियो फेरि बेलायती सङ्ग्राहलयतिर । ग्रेट रसेल स्टि्रटमा पूरा ५४,६०० स्क्वायर मिटरमा फैलिएको यस संग्राहलयमा ७ मिलिएन चीजहरूसंग्रहित छन् । यसमा जम्मा ९४ वटा ग्यालरीहरूछन् । यसको श्रीगणेश भने वैज्ञानिक तथा भौतिकशास्त्री सर हान्स स्लोआनको व्यक्तिगत संग्रहबाट भएको हो । यहाँभित्र पसे वित्तिकै मैले डा.चैतन्य मेन्याङबो-सुब्बाले आजजा महासंघमा सुनाउनुभएको अनुभव सम्झेँ । भन्नुहुन्थ्यो, "संसारको पहाडै लगेर राख्या छन्" । साँच्चै उहाँ सत्य सावित हुनुभयो । संसार मानवविज्ञानदेखि लिएर सँस्कृति आदि विषयहरुकोलागि यो अत्यन्तै पवित्र मेक्का नै हो रहेछ ।
यो जीवन र ज्ञान मेक्कादेखि हामी उही वौद्घकि कवि एलियटको विम्ब "ढलिरहेको लन्डन व्रिज" तर्फ टेम्ज नदीको जीउ नै कक्र्याउने वायुको दिशा पछ्याउँदै फटाफट अघि हुत्तियौं । नभन्दै मिनेटौंको दगुराइमा हामी टेम्जको किनारामा निस्कियौं लन्डन व्रिज नगिचतिर । मैले देख्दा नालापानीदेखि लगभग २०० वर्षसम्मको नेपाल-व्रिटेन सम्वन्धको इतिहासभरि नै पहिलो पल्ट सेन्टिनरी छात्रवृत्तिले विभुषित यिनी भूमिपुत्रलाई क्यानोन क्यामेराको स्कि्रिनमा लाखौंचोटी कविको विम्ब लन्डन साँघुमाथि नै प्रतिविम्वित भएको पाएँ । र निमेषमै हामीले साउथ हारोतिर कुलेलम ठोक्यौँ ।
पोष्ट-डक रिर्सच फेलो, लाइपचिस विश्वविद्यालय, जर्मनीkiranti.rapachalal@gmail.com

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete