Monday, 22 June 2009

अन्तत: गोर्खा सैनिकले पाए अधिकार

काठमाडौँ, जेठ ८/ बेलायती भेदभावविरुद्धको आन्दोलनमा गोरखा भूतपूर्व सैनिकहरुले अर्को ऐतिहासिक विजय हात पारेका छन् । बेलायत सरकारले बेलायती सेवामा चारवर्ष काम गरेका सबै गोरखा भूतपूर्व सैनिकहरुलाई बेलायतमा बसोबासको अधिकार दिइने घोषणा गरेको छ ।
बेलायती गृहमन्त्री ज्याक स्मिथले बेलायती संसदमा गरेको घोषणामा "बेलायती सेनामा कम्तीमा चार वर्ष काम गरेका र बेलायतमा बसोबास गर्न चाहने सबै गोरखा भूतपूर्व सैनिकहरुलाई बेलायतको आवासीय अधिकार दिइने" उल्लेख छ ।
गृहमन्त्री स्मिथले भने- "जसले ब्रिगेड अफ गोरखाजमार्फत् सेवा गरेर बेलायतलाई अमूल्य योगदान दिए, तीमध्ये जो बेलायतमा बसोबास गर्न चाहन्छन्- उनीहरुलाई बेलायतमा स्वागत गर्न पाउँदा मलाई गर्व लागेको छ । यो निर्णयले गोरखा सैनिकहरुले बि्रगेड अफ गोरखाज र यस मुलुकका लागि पुर्‍याएको अद्वितीय सेवाको सम्मान गर्नेछ भन्ने विश्वास लिएको छु"- स्मिथले भने ।
गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले बेलायत सरकारको नयाँ निर्णयको स्वागत गरेको छ । गेसोका सभापति पदमबहादुर गुरुङले भने- "यो गोरखाहरुको दुईसय वर्षको इतिहासमा ऐतिहासिक विजय हो । गेसो बेलायत सरकारको यो निर्णयको हार्दिक स्वागत गर्दछ ।" यो निर्णय अनुसार अब बेलायती सेनामा काम गरेका नेपाली नागरिकहरुले पनि बेलायती नागरिकसरह बेलायती कानुनमा व्यवस्था भएअनुसार समान सुविधा पाउनेछन् ।
घोषणापछि गोरखा सैनिकका पक्षमा बेलायतमा भइरहेको अभियानका नेत्री जोना लुम्लेले नयाँ निर्णयका लागि बेलायत सरकारलाई आभार प्रकट गरिन् । "यो गोरखाहरुको ऐतिहासिक विजय हो"- उनले भनिन् ।
गेसोका वकिल हो एण्ड कम्पनीका पार्टनर डेभिड इन्राइटले "यस ऐतिहासिक विजयका लागि गेसो, बेलायती जनता, बेलायती मिडियालाई धन्यवाद दिन्छु" भने । "गेसोले आन्दोलन नगरेको भए यो ऐतिहासिक विजय सम्भव थिएन"- डेभिडको भनाइ थियो ।
यसैबीच बेलायती सरकारको उक्त घोषणाको गेसोले स्वागत गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी गेसोले घोषणालाई "दुईसय वर्षको गोरखा भर्तीको इतिहासमा ऐतिहासिक विजय" भनेको छ

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete