Friday 26 June 2009
कमरेड, म तिम्रो नागरिक सर्वोच्चताका लागि किन लड्ने? महोदय, म तिम्रो लोकतन्त्र र प्रजातन्त्रका
लागि बलीको बोको किन बन्ने? मलाई दुई छाक खान, राम्रोसँग सुत्न र आङ ढाक्न कपडाको जोहो गर्न सिकाइदेउ वा व्यवस्था गरिदेउ त्यसपछि तिम्रा माग र नाराका बारेमा सोच्दै गरौंला। मलाई तिम्रो नोकर बने पनि नोकर नै बन्नु छ र अर्को कसैको नोकर बने पनि नोकर नै बन्नु छ भने म तिम्रै नोकर किन बनुँ? मालीक, मेरा लागि मालीक नै हुने भएपछि बोर्डर भित्रको मालीक र बोर्डर बाहिरको मालीकका माझ मैले किन विभेद गरौं? काला र गोरा, अग्ला र होचा, यो जात र त्यो जात भनेर किन छानौं? तिमीलाई बोर्डर चाहिएको होला, तिमीलाई प्रजातन्त्र, राष्ट्रियता, गणतन्त्र, नागरिक सर्वोच्चता चाहिएको होला, तिमीलाई शान्ति र विकास पनि चाहिएको होला तर मलाई सबैभन्दा पहिले दुई छाकको खाना चाहिएको छ, जाडोमा ओड्ने र गर्मीमा ओछ्याउने कपडा चाहिएको छ। मलाई यति भए तिम्रो गणतन्त्र फलोस् फुलोस्, तिम्रो राष्ट्रियता खतरामा नपरोस्, तिम्रो नागरिक सर्वोच्चता कायम होस् भन्ने कामना मैले पनि गरिदिन्छु।म दाङको कुनै गाउँमा बसेर मालीकको लागि हलो किसानी गर्ने र मजदुरी गरेर दैनिक गुजारा चलाउने राम लखनलाई के को लोकतन्त्र, के को नागरिक सर्वोच्चता अनि के को शिशु गणतन्त्र र प्रजातन्त्र? विहान खान पाए साँझ के खाने हो भनेर चिन्ता गर्ने म जस्तो मान्छेका लागि कुन दश गजा हो, कुन बोर्डर हो अनि कुन नेपाल, कुन भारत वा कुन चीन र अन्य मुलुक हो? मेरो भोको पेटले बोर्डरका माझ कुनै विभेद गर्दैन। मेरो बालबच्चालाई मागेर खानका लागि कुनै बोर्डरले छेक्न सक्दैन।माग्ने मान्छेका लागि के को राष्ट्रियता? खान नपाउने भोकाका लागि के को आफ्नो देश अनि के को पराई देश? कमरेड मैले त कुनै सिमाना देखेको छैन, मैले कुनै दश गजा र जङ्गे पीलर देखेको छैन।म त हिजो पनि त्यहीँ थिए, त्यस्तै थिएँ, आज पनि त्यहीँ छु, त्यस्तै छु।मलाई मेरो राष्ट्रियता के हो थाहा छैन तर जहान, बालबच्चा र मेरो भोक, गरिबी र अभाव के हो राम्रोसँग थाहा छ। मैले साहूको घरमा काम नै गर्नुपरेपछि बोर्डर पारि काम गरे पनि वारि काम गरे पनि के को गर्व, के को स्वाभिमान? माग्नु नै परेपछि, बोर्डर वारि मागे पनि माग्नु नै हो पारि मागे पनि माग्ने नै हो फेरि जङ्गे पीलर जहाँ राखे पनि मलाई के फरक पर्छ र कमरेड? बस, मैले त राम्रोसँग माग्न पाउनु पर्छ। देश र राष्ट्रियता भनेको ढुङ्गा, माटो, जग्गा, जमिन हो भने सारा नेपालीको जग्गा हुँदा म जस्ता कैयौं मान्छेको कुनै देश छैन, कुनै राष्ट्रियता छैन किन भने मेरो आफ्नो जमिन छैन, जग्गा छैन। यदि देश, राष्ट्रियता भनेको जनता पनि हो भने म जहाँ जान्छु, म जहाँ बस्छु त्यो देश हो, त्यो नै राष्ट्रियता हो। मलाई म बाँच्न नसक्ने राष्ट्रियताको के काम? मलाई म नअटाउने देशको के अर्थ, के महत्त्व?
कमरेड, न त सुरक्षा दिन सक्छौ, न खाना, न बास र कपास दिन सक्छौ। न कुनै आशा दिलाउन सक्छौ, न कुनै भविष्यको सपना देखाउन सक्छौ। तिमीबाट मैले के आशा गरौं कमरेड? तिम्रा कुन कुरा पत्याउँ अनि तिमीले भनेको कुन बाटोमा हिडौं? मलाई दुईटा चक्की औषधी चाहिएको छ, के तिम्रो नागरिक सर्वोच्चताले औषधीको काम गर्छ? के तिम्रो गणतन्त्र वा प्रजातन्त्रले म विरामी हुनुको कारण पहिल्याउने कोशिस गर्छ? मलाई दुई छाक खान मन लागेको छ, के तिम्रो नागरिक सर्वोच्चता, गणतन्त्र वा प्रजातन्त्रले त्यसको जोहो गर्न सक्छ? मलाई लगाउने कपडा चाहिएको छ। वर्षा लाग्दैछ ओतिने बास चाहिएको छ। कमरेड! के तिम्रा कुराले र कामले मेरो कपडाको जोगाड हुन सक्ला, के वर्षामा मेरा लालाबालाहरूलाई जोगाउन सकुँला?
कमरेड, मैले ठूला सपना देखेको छैन।मैले कुनै ठूलो माग राखेको छैन। मेरा नाममा राजनीति गरेकाले मलाई मनमा लागेको कुरा राखेको मात्र हो।नत्र त तिमीलाई जसरी मेरो मतलब थिएन वा छैन त्यसैगरि मलाई तिम्रो मतलब पनि थिएन र छैन पनि।तर, जब तिमीले बारम्बार मेरो नाम लिएर म जस्ता अन्यलाई सडकमा नाङ्गो दौडाउन खोज्छौ, म जस्ताको नाममा तिमीले जब राजनीति गर्छौ, जब तिमीले मेरो राष्ट्रियताको परिभाषा आफ्नो परिभाषा अनुसार परिभाषित गर्छौ, अनि जब तिमीले राष्ट्रिय स्वाभिमान र राष्ट्रियताका लागि जागरूक हुन र आन्दोलन गर्न आह्वान गर्छौ, मलाई एउटा कथाको सम्झना आउँछ।
एउटा मालीकको आफ्नो पञ्जाबाट फुत्केको घोडालाई फकाउँदै भनेछ,- “हेर है बढी नमात्ती फेरि तँ शत्रुको कब्जामा पर्लास् र तँलाई कैद गरी र दु:ख देला।“विचरा घोडा मालिकतिर फर्केर भनेछ,- “मलाई तिमी कहाँ गए पनि उहीँ दुख हो अर्को मालीकले लगे पनि उही दुख दिने हो।मेरो काम मालीकको भारी नै बोक्ने भएपछि मलाई जो सुकै मालीक भए पनि के चिन्ता? तिमीहरू पो एक आपसमा शत्रु त, मेरो लागि त तिमीहरू दुवै मालीक न पर्यौं”।
कमरेड यो कथा घोडाको मात्र होइन, हामी जस्ता गरीब, सर्वहारा नेपालीको पनि हो। हामीलाई राजा मालीक बनेर आउँदा पनि उहीँ थियो, त्यसपछि प्रजातन्त्र नामक शासनका मालीक आउँदा पनि उस्तै, गणतन्त्र नामक शासनका मालीक आउँदा पनि उस्तै। हामीलाई दश गजा र जङ्गे पीलर वारी बसे पनि मालीककै सेवा गर्नुछ, दश गजा र जङ्गे पीलर पारी गए पनि मालीककै सेवा गर्नुछ। आखिर सेवा नै गर्ने हो भने तिमीले भने जस्तो मात्र किन गर्ने? तिम्रो खटन पटन र निर्देशन किन मान्ने? तिम्रो अर्ति उपदेश र भाषण किन सुन्ने अनि किन मान्ने?
हामीलाई रैति वा घोडाकै दर्जामा राख्ने हो भने तिम्रो सिमानाको सुरक्षा तिमी नै गर। तिम्रा सिमानामा परेड तिमी नै खेल। तिम्रा राष्ट्रियता, प्रजातन्त्र वा नागरिक सर्वोच्चताका कथा तिमीसँगै राख।हामी त जहाँ जान पनि स्वतन्त्र छौ, जसको सेवा गर्न पनि स्वतन्त्र छौं। मालीक आखिर मालीक नै हुन्, दशगजा पारीका मालीकको सेवा गरे पनि, अरबका मालीकका सेवा गरे पनि वा यूरोप र अमेरिकी मालीकका सेवा गरे पनि। सेवा गर्नेहरूको कुनै राष्ट्रियता हुँदैन, कुनै देश हुँदैन, कुनै सिमाना र बन्देज हुँदैन। ऊ सबैभन्दा स्वतन्त्र हुन्छ, कम्तिमा मालीक फेर्ने स्वतन्त्रता ऊसँग हुन्छ र त्यो स्वतन्त्रताबाट उसलाई कसैले वञ्चित गर्न सक्दैन र तिमीले पनि मेरो त्यो स्वतन्त्रता खोस्ने कोशिस नगर।
यस्तो फेरि कहिले नहोस्!
ख्याति हत्याको विरोधमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै बिहीबार निस्केको विद्यार्थीहरुको जुलुसमा देखिएका नारा र ख्यातिको फाइल फोटो। घटना सार्वजनिक भएदेखि अहिलेसम्म पनि अधिकांशले त्यो क्रुर र पाशविक हत्याको विवरणलाई आफ्नो दिमागबाट हटाउन सकेका छैनन्। मध्याह्न १२ बजेको चर्को घाम। पर्वाह थिएन उनीहरुलाई। नारा लगाउँदै हिँडेका थिए विद्यार्थीहरु। उनीहरुलाई हेरिरहेका बाटो वरपर बसेका बटुवाहरुसमेत जुलुसको नारामा मौन समर्थन जनाइरहेका थिए। बिचरी ! अब यस्तो कहिल्यै नहोस् !! केही आफूआफूमा यस्तो भन्दै थिए।
ख्याति हत्याको विरोधमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै बिहीबार निस्केको विद्यार्थीहरुको जुलुसमा देखिएका नारा र ख्यातिको फाइल फोटो। घटना सार्वजनिक भएदेखि अहिलेसम्म पनि अधिकांशले त्यो क्रुर र पाशविक हत्याको विवरणलाई आफ्नो दिमागबाट हटाउन सकेका छैनन्। मध्याह्न १२ बजेको चर्को घाम। पर्वाह थिएन उनीहरुलाई। नारा लगाउँदै हिँडेका थिए विद्यार्थीहरु। उनीहरुलाई हेरिरहेका बाटो वरपर बसेका बटुवाहरुसमेत जुलुसको नारामा मौन समर्थन जनाइरहेका थिए। बिचरी ! अब यस्तो कहिल्यै नहोस् !! केही आफूआफूमा यस्तो भन्दै थिए।
बेलातयमा कार्यरत नेपाली पत्रकारहरुको भेला हालै सम्पन्न भएको छ । भेला बेलायतमा रहेका पत्रकारहरुलाई एकै ठाउँमा उभ्याएर आफ्नो भावी रणनीतिको बारेमा मन्थन गर्न कोसेढुंगा साबित भएको थियो । नेपाल-ब्रिटेन डट कमले नेपाली पत्रकारहरुलाई गत डिसेम्बरमा नै एकै स्थानमा जम्मा गराएर पहिलो पटक वर्गीय हित तथा विविध समस्याका बारेमा चिन्तन गराएको थियो । त्यही भेलाको उपलब्धिका रुपमा गत महिना भेला सम्पन्न भएको थियो । गैर आवासीय नेपाली र विदेशमा नेपाली मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बेलायतमा रहेका संचारकर्मीले व्यापक छलफल गरेका थिए । त्यही अन्तर्त्रिmयामा पत्रकारहरुका समस्यालाई संगठित रुपमा समाधान गर्नुपर्छ भन्ने निष्कर्षसमेत निकालिएको थियो । त्यही निष्कर्षो उपलब्धिको रुपमा अहिले नेपाली पत्रकारहरु संगठित हुन थालेका छन् । बेलायतमा पत्रकार संगठित हुनुलाई उपलब्धिकै रुपमा लिनुपर्छ । यसलाई अरु संघसंस्थासँग तुलना गर्न पनि मिल्दैन । पत्रकारिता एउटा स्वतन्त्र र मर्यादित पेसा हो । यसलाई हेर्ने दृष्टिकोण जहिले पनि सकारात्मक हुनुपर्छ । कुनै एक व्यtmि वा संस्थाले गरेको पीत पत्रकारितालाई उदाहरण बनाएर सिंगै पत्रकारिता पेसालाई मुछ्नु हुँदैन । सकारात्मक तथा नकारात्मक पक्ष सबै संघ संस्थामा हुन्छन् नै, दुवै पक्षलाई नियालेर विश्लेषण गर्नुपर्छ । पत्रकारिता पेसामा भएका विकृतिलाई चिर्न बेलायतमा रहेका पत्रकार अवश्य लाग्ने नै छन् । नेपाली समाज बेलायतमा भएका गतिविधिलाई हालसम्म नेपाली पत्रकारहरुले उच्च प्राथमिकताका साथ समाचार बनाएर पाठकसामु ल्याइरहेकै छन् ।बेलायतमा नेपालीहरुले गर्दै आएका सानातिना कार्यक्रमहरुलाई पनि यहाँका पत्रपत्रिकाले महत्वका साथ नियमित समाचार प्रकाशित गरिरहेका छन् । खासगरी सामाजिक संघसंस्थाका गतिविधिलाई प्रमुख समाचारका रुपमा स्थान दिइरहेका छन् । संघसंस्थाका प्रमुखहरुको अन्तर्वार्ता प्रकाशित भइरहेका छन् तर पनि हाम्रो नेपाली समाजले बेलायतमा भइरहेको पत्रकारितालाई मूकर्दशक भएर र्समर्थन र प्रशंसा गर्न सकिरहेको छैन । पत्रकारितालाई आफ्नो अनुकूल प्रयोग गर्न चाहने केही व्यtmिगत स्वार्थ राख्ने मानिसहरुले पत्रकारिताको बदनाम गरेको पाइन्छ । पत्रकारिताको धर्मलाई अतिरञ्जनाको लेप लगाएर नाम लेख्न र लेखाउन खोज्नेहरुले पत्रकारिताको स्वाभाविक विकासमा ग्रहण लगाउने छन् ।
नेपालमा पत्रकारहरुका आफ्नै बाध्यता छन् । नेपालको परिस्थिति अर्कै छ । पत्रकारहरु आफ्नो रोजिरोटीको लागि पेसालाई दाउमा राखेर थूप्रै खतरा मोल्नुपर्ने बाध्यता छ तर बेलायतमा काम गर्ने नेपाली पत्रकारले आफ्नो पेसालाई स्वतन्त्र रुपमा प्रयोग गर्न सक्ने पर्याप्त वातावरण छ । त्यसको बाबजुद आफ्नो पेसालाई मर्यादित बनाउन सकिएको छैन । यस्ता थुप्रै तगारोहरुलाई छेड्न पत्रकारहरु संगठित हुन अवश्यक भएको कारणले नै बेलायतमा पनि नेपाली पत्रकारहरुको संस्था स्थापना गरिएको हो ।
गत महिना सम्पन्न भेलामा बेलायतमा रहेका सबै संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति थियो । केही गैर पत्रकारहरु पनि पत्रकारको नाममा भेलामा उपस्थित भएको देखेर पत्रकारहरु अलमल परेका भने थिए । भेला बेलायतमा रहेका पत्रकारहरुको हो भन्ने प्रष्ट थियो । भेलामा संगठनलाई श्रमजीवी पत्रकारहरुको साझा संस्था बनाउनुपर्छ भन्ने आवाज उठेको थियो । भेलाको उपस्थिति देखेर आयोजकहरु साँच्चि नै उत्साहित भएका थिए । हिंग नभए नि हिंग बाँधेको टालो भनेजस्तै हाल पत्रकारिता पेसामा नभए पनि पहिला गरेको भनेर आफू खाँटी पत्रकार बनेर उपस्थित हुनेहरु पनि देखिएको थियो । पत्रकार क-कसलाई मान्ने भन्ने बारेमा केही कुराहरु अलमल भएको पनि देखियो । हामी यो कुरामा प्रष्ट हुन जरुरी छ कि जो नियमितरुपमा पत्रकारिता गर्छ त्यो अवश्य नै पत्रकार हो । अर्थात् अंग्रेजीमा Journalist (an editor or writer for newspaper, Magazine etc) सम्पादक, लेखक, पत्रकार, परिचालक (newspaper man) को रुपमा परिभाषित गरिएको छ । माथिको परिभाषामा दुइ पैसा कमाएर मिडिया चलाएकै भरमा पत्रकारको अवश्य पत्रकारको परिभाषाभित्र राख्न सकिँदैन । अर्को शब्दमा पत्रकारलाई समाजको खबर समाजमा पुर्याउने दूतका रुपमा पनि चिन्न सकिन्छ । त्यसैले पत्रकार शब्दलाई अनावश्यक विवादमा लानु आवश्यक छैन । जहाँसम्म बेलायतको नेपाली समाजमा भइरहेको पत्रकारिता छ त्यो घामजस्तै र्छलंग छ । कसले नेपाली पत्रकारिता गरेको छ र कसले नेपाली समाजलाई सूचना प्रवाह गरी योगदान गरिरहेको छ, सबैले मूल्याङ्कन गरिरहेकै हुनुपर्छ । हरेक दिन घण्टा-घण्टामा अपडेट हुने अनलाइन होस् या त साप्ताहिक रुपमा प्रकाशित हुने पत्रपत्रिकाहरु सबैले आफ्नो भूमिका खेलिरहेका छन् । वेलायतमा कार्यरत आम नेपाली पत्रकार एक भएर आफ्नो स्वाभिमानका साथ पत्रकारिता गर्न एक जुट हुन आवश्यक छ । बेलायतका पत्रकारले अस्वस्थ प्रतिस्पर्धा र मनमुटावमा नलागी सबै नेपालीलाई एकताको सूत्रमा बाँधेर सत्य, तथ्य, निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी पत्रकारिताको माध्यमबाट नेपाल र नेपालीको पीडामा मलम लगाउँदै उन्नतिको मार्गतर्फअग्रसर गराउनुपर्छ अनि मात्र बेलायतमा पनि नेपाली पत्रकारिता सगरमाथाझै उच्च हुनेछ ।
काठमाडौँ -अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी चार वर्षको आफ्नो कार्यकालमा राष्ट्रपति डा. रामवरण यादवसँग मिलेर काम गर्ने धारणा राखेका छन् ।
अमेरिकाको राष्ट्रपतिको पद सम्हालेपछि राष्ट्रपति डा. यादवले पठाएको बधाई सन्देशप्रति धन्यवाद ज्ञापन गर्दै ओबामाले जारी गरेको विज्ञप्तिमा "सुरक्षित विश्व निर्माणका लागि आगामी दिनमा शान्ति र मित्रताका साथ सँगै अघि बढ्ने" चाहना व्यक्त गरेका छन् ।
यादवको पत्रको प्रशंसा गर्दै ओबामाले भनेका छन्- "तपाइँले मलाई बधाईका लागि पठाउनुभएका प्रोत्साहनपूर्ण शब्दको उच्च प्रशंसा गर्दछु ।"
संसारकै ख्यातिप्राप्त गायक माइकल ज्याक्सनको ५० वर्षको उमेरमा देहान्त भएको छ । उनलाइ किङ अफ पप भनी चिनिन्थ्यो । उनको बिहीबार राति साढे ७ बजे मुटुको रोगका कारण मृत्यु भएको बताइएको छ ।ज्याक्सनलाई युसीएलए मेडिकल सेन्टर लस एन्जल्समा लैजाँदै गर्दा प्रहरी अधिकारी एड विन्टरले उनको मृत्यु भएको बताएका थिए । अस्पतालमा आउनुअघि उनको अवस्था कस्तो थियो भन्ने चाहिँ खुलेको छैन । उनलाइ लस एन्जल्सको अग्नि शमन केन्द्रका अधिकारीहरूले उनको घरबाट राति १२ बजे अस्पताल पुर्याएका थिए । लामो समयसम्म विभिन्न किसिमका स्क्याण्डलमा बेइज्जति भोगेका ज्याक्सनको आर्थिक जीवन पछिल्लो समय तहसनहस भएको थियो । केही समय उनले जेल सजाय पनि भोग्नु परेको थियो ।उनी सन् १९८० को दशकमा एमटीभीको उत्थानसँगै माथि आएका थिए । उनी नाच्ने र गाउने दुवै एक साथ गर्ने क्षमताका कारण प्रशंसकहरूमाझ लोकप्रिय थिए । सन् १९८२ मा पहिलो पटक "थ्रिलर" एल्बमका कारण चर्चामा आएका थिए । त्यसपछि उनको "बिट इट", "बिल्ली जन" जस्ता चर्चित एल्बमहरू बजारमा आए र ती सबैले ५ करोडभन्दा बढी बिक्रीको कीर्तिमान बनाएका थिए ।उनी सन् १९६० को दशकमै उनको पारिवारिक ब्याण्ड "ज्याक्सन ५"को सदस्यका रूपमा गाउन शुरू गरेका थिए । त्यो समूहले निकालेका गीतहरू आइ वान्ट यु ब्याक, एबीसी र आइविल बी देयर नम्बर १ स्थानमा रहेका थिए ।एल्भिस र बिटल्सको हाराहारीउनको उचाइलाइ केही विश्लेषकहरूले एल्भिस प्रिस्ले र बिटल्स समूहजस्तै रहेको केही विश्लेषकहरूले बताएका छन् । उनले लगाउने कालो स्टाइलिस ज्याकेट, चुच्चो मुख भएको जुत्ता, सिक्रीयुक्त पाइन्ट उनको पहिरनको शैलीलाइ विश्वभर नक्कल गरिएको थियो । यसरी वृहद् रूपमा नक्कल गरिएका अन्य ब्याण्डमध्ये बिटल्स र गायकमा एल्भिस प्रिस्ले पनि थिए ।अहिले उनको मृत्युमा पूरै हलिउड र उनका प्रशंसकहरू दुःखी छन् ।
Thursday 25 June 2009
नयाँ नेपालको पहिचान - थालौं जनकल्याणकारी अभियान
-सुरेन्द्र श्रेष्ठ
गत बर्ष म र मिनू -श्रीमती) स्वीजरल्याण्ड गएका थियौं । त्यहाको विकटता भित्रको विकास देखेर बाटोमा हामीले थुपैं्र कुराहरु गर्यौं । हाम्रो स्वामित्वमा रहेको जग्गामा सामूहिक लगानी गर्ने र त्यसको उत्पादन त्यहीं काम गर्नेहरुको बीच बाडफाड गर्ने । त्यही अनुसार कुरा अगाडि बढायौं तर त्यहाँ थोरै लगानीले खासै ठुलो काम नहुने भयो । हाम्रो जग्गा भएको ठाउँ गाउँको माझमा पनि थिएन । त्यहीं बसेर व्यवसाय संचालन गर्न सम्भव पनि भएन । तर त्यो कुरा त्यहीं रोकिएन अहिले सिन्धुपाल्चोकमा सहकारीको रुपमा ठूलै कामहरु भैराखेको छ । एनआरएनको सम्मेलनमा नेपाल जाँदा १२ बर्ष पछाडि दशंैमा म चौतारा पुगें । पुराना साथीहरुसाग भेटघाट छलफल भयो । फेरि गाउँमा केही गर्ने सल्लाह भयो । साथीहरुले थालनी गरेको सहकारी ठूलो भएको भए पनि त्यसबाट उपलव्धि लिन धेरै समय कुर्न पर्ने भएको हुादा सानै रुपमा भए पनि एउटै ठाउँमा धेरै भन्दा धेरैको सहभागितामा छिट्टै उत्पादन गर्न सकिने ब्यवसाय गर्ने निर्णय गर्यौं । जसअनुसार सिन्धुपाल्चोक जिल्लाको सदरमुकामबाट ५ मिनेट दुरीमा पर्ने वडा नं ९ गैरी गाउँमा काम थालनी गर्ने निर्णय गर्यौं । करिब सय परिवारको बस्ती रहेको उक्त गाउँमा ९५ प्रतिशत तामाङहरु बसोवास गर्छन् । २००४ सालदेखि संचालन भएको ५ मिनेट टाढा पर्ने बिद्यालयबाट हालसम्म औंलामा गन्न सकिने मात्र एसएलसी उत्तिर्ण छन् । बहुसंख्यक मानिसहरु कृषिमा नै आश्रति छन् तर तरकारी किन्न बजार नै उक्लनु पर्छ । बत्तीमुनिको अध्यारो भन्ने उखान यहाा सोह्रै आना सत्य सावित देखिन्छ । त्यही गाउँमा हाम्रो परिवार करिब ४-५ बर्ष बसेका थियों । त्यहीं बसोवास गर्ने केही साथीहरुसाग मैले राम्रो उठवस भएको र सबै कामको रेखदेख पनि हुने हुदा हामीले त्यही ठाउँ छान्यौं ।
गैरीगाउँको २४ परिवारबाट एक एक प्रतिनिधि छानी गैरी गाउँ जनकल्याण समितिको निर्माण गरी कानूनी रुपमा संस्था दर्ता गर्ने र खाता खोल्ने काम गरी पशुपालन, तकारी खेती र माछापालन समूहको निर्माण भयो । ४ वटा पोखरीमा माछा पालन, ३ वटा बंगुर पाल्ने कामबाट थालनी भयो । सबैको जग्गा भाडमा लिई काउली, बन्दा र धनिया खेती सुरु भयो । घामपानीबाट बचाउन प्लाष्टीक खरिद गरियो । यसको लागि आवश्यक पर्ने रकम मध्ये एक लाख मेरो तर्फबाट बिना ब्याजमा सापटी उपलब्ध गरियो । जिविस, गाविस र पशु विकासबाट करिब ७२ हजार सहायता प्राप्त भयो । करिब ७५ हजार जति अन्य स्रोतबाट जम्म्ाा भएको थियो । यो एक बर्ष भित्रमा गाउँको प्राय सबै जग्गाहरु भाडामा उपलब्ध भएकोले करिब ७० हजार बहाल तिर्न पर्ने, मलको लागि ८० हजार, प्लाष्टीकको लागि ५० हजार, माछापालनमा करिब १ लाख र बंगुर पालनको लागि ३२ हजार खर्च भएको देखिन्छ । अहिलेसम्म आम्दानीमा बंगुरको पाठाहरु बेचेर ३८ हजार, तरकारी बेचेर ८० हजार तथा माछाा बेचेर १,१०,००० भएको देखिन्छ । अरु तुरुन्तै बंगुरको अर्को बेत हुादैछ भने तरकारी प्रशस्तै बेच्ने सकिन्छ । तर दुखको कुरो यसपालीको बाढीले पोखरी भत्काएर सबै माछा बगाएछ । अब त्यहााबाट त्यति धेरै आम्दानी हुने देखिदैन । त्यसरी बगाएको माछा अन्यत्र पुगेकोले त्यहााकै बासिन्दाहरुले जम्मा गरेर बेच्न ल्याएको देख्दा 'घ्यु कहाा पोखियो भागमा' भनेर चित्त बुझाउन पाईयो । यो बाढीले माछा नबगाएको भए त्यहााबाट आउने आम्दानीले मेरो १ लाख ऋण फिर्ता पाउने र अरु प्रशस्त लगानी गर्न सक्ने हुन्थ्यो । मैले सायद यो लेख पनि लेख्ने थिइन अहिले । करिब दुई बर्षमा त्यस गाउँमा उल्लेखनीय काम भै सकेपछि अन्य प्रयोजनका लागि यो योजना प्रकाशनमा ल्याउने सोच राखेको थिए । अहिले मलमा धेरै खर्च भएकोले तुरुन्तै चारवटा भैंसी पाल्ने योजना भएको तर पैसा नभएकोले नेपालबाटै करिब रु १,२०,००० ऋणको व्यवस्था गरेका छौं । त्यो रकम दुई महिनाभित्र भुक्तानी गर्नु पर्ने छ ।
अहिले त्यहाँबसोवास गर्नेहरुको सम्पूर्ण तथ्याङ्कहरु संकलन भईरहेको छ । यो योजनाले पाच बर्षभित्र त्यहाँबस्नेहरुको जीवनस्तरमा के कस्तो प्रगति हुने छ यसको विश्लेषण गरिने छ । हाम्रो लक्ष्य अनुसारको उद्देश्य पुरा गर्न थुपैं अन्य योजनाहरु लागु गर्ने छौं । एउटा सभ्य समाजको उदाहरण गैरी गाउँले प्रस्तुत गर्ने छ ।
म नेपालमा हुादादेखि नै एउटा तर्क अगाडि सार्दै आएको छु । 'बोकेको कुकुरले शिकार गर्दैन' - ठूला देशबाट आउने अनुदानले देश बन्ने भए अहिलेसम्म नेपालको रुप यस्तै रहने थिएन । विगतमा हामीले यस्ता एनजिओ, आईएनजिओको बहुतै बिरोध गर्ने गथ्र्यौं । आईएनजिओलाई त साम्राज्यवादीहरुको हामीलाई पराधिन बनाउने चाल भन्थ्यौं । जनतालाई त्यही प्रशिक्षण गथ्र्याैं । त्यो सोह्रै आना बेठिक थियो भनेर त म भन्दीन तर त्यसको हामीले बिरोध गर्ने हो भने त्यसको विकल्प खै त हामी साग ? त्यो गलत हो भने हामीले बिदेशीहरुले गर्न खोजेको जस्तो त्यो काम निकै कम लगानीमा गर्न सक्छौं भनेर किन गर्न सकेनौं ? कसैले गरेन भन्ने हैन अहिले पनि नेपालका थुप्रै ठाउँहरुमा स्वतस्फूर्त ढंगले थुपै्र उदारहणीय कामहरु भएका छन् । त्यसलाई अभियानको रुपमा थालनी गर्नु पर्दछ । त्यही गैरीगाउँमा २०४२ सालतिर प्रत्येकको घरमा बाख्रा, कुखुरा पाल्ने प्रस्ताव गरेका थियौं । सबैको घरमा चर्पीको व्यवस्था गरिनु पर्छ भनेका थियौं । तर सबै कुरा राजनीतिले निर्धारण गर्छ भन्ने मान्यताले त्यस्तो कामहरु सुरु गर्न सकेनौं । तर देशमा गणतन्त्र आइसक्दा पनि ती र त्यस्ता ठाउँहरुमा खासै विकास नभएको तथ्याङ्क हाम्रोसामु स्पष्ट छ र अझै हामीले आ-आफ्नो ठाउँबाट यस्तो कामको थालनी नगर्ने हो भने गणतन्त्र, जनगणतन्त्र जे ल्याए पनि आफै विकास हुने छैन् ।
अहिले नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु मात्र करिब २०० वटा रहेछन् । त्यस मध्ये करिब ५० वटा बच्चाहरुसाग सम्बन्धित, ५० जति स्वास्थ्यसाग सम्बन्धित, ४० भन्दा बढी सामुदायिक विकाससाग सम्बन्धित रहेछन् । बेलायतबाट मात्र करिब ३० वटा संस्थाले काम गरिराखेका छन् । सबै संस्थाको कुल बाषिर्क खर्च जोड्दा करिब १५ अरब नेपाली रुपैया हुादोरहेछ । करिब ६ हजार एनजिओले नेपालमा काम गरिराखेका छन् । उनीहरुको खर्च पनि कम्ती छैन् । एउटा सानो उदाहरणबाट यो लगानीले कस्तो उपलब्धी हासिल गरेको छ भन्ने स्पष्ट देखिन्छ । अहिले समाज कल्याण परिषदले सडक बालबालिका रहित काठमाडौंको योजना बाहिर ल्याएको छ । काठमाडौंमा करिब ८ सय सडक बालबालिकाहरु भएको तथ्याङक रहेछ तर ५६९ वोटा बाल आश्रमहरु नेपालमा स्थापित भएका र अन्य हजारौं संस्थाहरु बालबालिकाको हितको लागि स्थापना भएका छन् । अब कल्पना गरौं, हाम्रो मेहनत र परिश्रमको उपलब्धि कस्तो रहेछ ? मैले यो कुरा उठाएर कुनै संस्थाले पनि राम्रो काम गरेको छैन भनेको हैन तर अब यो शैलीले मात्र हामीले खोजेको नयाँ नेपाल पाउन सम्भव छैन भन्न खोजेको छु ।
मलाई थाहा छ, हामी मध्ये पनि धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालमा धेरै बर्षदेखि सहयोग गर्दै आएका छौं । बिदेशमा बस्नेहरुले बिद्यालयहरु, स्वास्थ्य चौकीहरु, खानेपानीहरु, मठ मन्दीरहरु जस्ता थुप्रै सेवामूलक क्षेत्रमा आर्थिक सहयोग गरेका छौं्र । बिरामी परेकाहरु, अशक्तहरु, दीनदुखीहरुलाई सहयोग गर्ने कुरामा हामी नेपालीहरु जहाा बसे पनि तयार छौं । प्राकृतिक प्रकोपमा त झन थुप्रै सहयोगहरु हामीले संकलन गर्दै आएका छौं । सायद मलाई थाहा नभएको हुन सक्छ हामीले सेवामूलक क्षेत्रमा सहयोग गरेका छौं तर उत्पादनमूलक काममा त्यति ध्यान दिन सकेका छैनौं । अब हामीले उत्पादनमूलक क्षेत्रमा पनि सहयोग गर्न पर्दछ । बिदेशमा बसेर नेपालमा सहयोग पठाउँदा तिनीहरुले त थुप्रै्र कमाएका हुन्छन् तिनीहरुले नपठाए कसले पठाउँछ त भन्ने गरेको पाइन्छ । तर यथार्थमा त्यस्तो हैन यहा पैसा कमाउन कति मेहनत र दुख गर्नु पर्दछ । यहाको झझल्को हामीले दिन सक्नु पर्दछ । टाइसुट, गगल्स र मोबाइल भिरेकै फोटो मात्र हैन प्लेट उठाएको, सुरक्षा दिएको, बस चलाएको, खेती गरेको, बुढाबुढीको स्याहार सुसार गरेको कामको फोटो पनि पठाउन पर्यो । यहााको वास्तविकतालाई सही ढंगले ब्यक्त गर्न सक्नु पर्यो । यसरी कमाएको पैसाले नेपालमा पनि उत्पादनमूलक काम गर्न सक्यााैं भने मात्र पर निर्भरताबाट आत्म निर्भरता हुनेछ । एउटा बिद्यालयको छाना उडायो भने कहााबाट सहयोग पाइएला भनेर बस्ने दिनको अन्त्य गर्नलाई पनि सामूहिक रुपमा ब्यक्ति बलियो बन्नु आवश्यक छ । आफूलाई आवश्यक पर्ने प्राय सबै वस्तुहरु हामी आफैले उत्पादन गर्न सक्दछौं । आफूलाई चाहिने सामानहरु, आफैले उत्पादन गर्यौं भने हामीले थुपै्र बचत गर्न सक्छौं । कृषि र पशुपालनबाट आम्दानी बढ्न थाले पछि निश्चित उद्योगहरु संचालन गर्न सकिन्छ । औद्योगिक विकास बिना देशको विकास सम्भव हुदैन । त्यसैले प्रत्येक गाउँमा स-साना उद्योगको स्थापना गर्न सक्यौं भने स्थानीय आवश्यकताहरु परिपूर्ति हुनेछ ।
हामीले कल्पना गरेको हाम्रो गाउँमा पााच बर्ष भित्र एउटा भिलेज हल बन्ने छ । जसको लागि सित्तैमा जग्गा प्राप्त भैसकेको छ । त्यो घरलाई गाउँको साझा घरको रुपमा प्रयोग गरिने छ । सामूहिक रुपमा गर्नु पर्ने कामहरु गरिने छ । अन्य बेलामा भाडामा कार्यक्रमहरु गर्न दिइने छ । बर्षमा ५ पटक सामूहिक रुपमा जमघट गर्ने र खानापिनाको व्यवस्था मिलाइने छ । जसलाई सम्भव भयो भने क्रमिक रुपमा बढाउादै लगिने छ । यसरी बढाइादै लगिएमा प्रत्येक घर धुरीले खाना पकाउन र सरसफाई गर्न लाग्ने समयलाई हिसाबगरी निश्चित समय सामूहिक काममा निशुल्क लगाइने छ । त्यो उत्पादनबाट आउने मुनाफा सामूहिक कोषमा राखिने छ ।
सम्पूर्ण खर्च कटाएर बचेको रकमको ८० प्रतिशत त्यहाँकाम गर्नेहरुलाई दामासाहीले बााडीने छ र बााकी २० प्रतिशत भैपरी आउने, अफिस खर्च तथा अन्य प्रयोजनका लागि खर्च गरिने छ । यसरी प्राप्त गरेको ८० प्रतिशत नाफा मध्येबाट आवश्यकता अनुसार थप लगानी गर्नु पर्नेछ । ठूला योजनाहरु गर्नु पर्दा फेरि बिना ब्याजमा ऋण खोज्ने ब्यवस्था मिलाइने छ ।
तीन बर्ष देखी ५ बर्षका बालबालिकाहरुलाई हेर्ने एउटा नर्सरीको व्यवस्था मिलाइने छ । ५-१६ सम्मका सबै बालबालिका बिद्यालयमा जाने वातावरण श्रृजना गरिने छ । धेरै उमेरका तथा असक्त बिरामीहरुलाई आफ्नो घरमा हप्ताको एक पटक दक्ष नर्सहरुबाट सहयोग उपलब्ध गराइने छ । बिद्यालय सकेर विश्वबिद्यालय जान नचाहने तथा नसक्नेहरुलाई व्यवसायीक शिपमूलक प्रशिक्षण दिइने छ ।
त्यस गाउँबाट ११ र १२ कक्षामा पढ्ने बिद्यार्थीहरुलाई यस बर्षदेखी सम्पूर्ण शुल्क बिद्यालयमा बुझाउन एउटा कोषको निर्माण गरिने छ । स्थानिय श्री कृष्ण उच्च माविमा अध्ययन गर्ने उक्त गाउँका बिद्यार्थीहरुलाई यो सुविधा उपलब्ध गरााइने छ । आउादो पुस १९ गते उक्त बिद्यालयको बाषिर्क उत्सवमा यसको घोषणा गरिने छ । यसरी सहयोग पाएका बिद्यार्थीहरुले आफूभन्दा तल्लो कक्षाका बिद्यार्थीहरुलाई पढाईमा आवश्यकता अनुसार सहयोग गर्न पर्ने प्राबधान राखिने छ । प्रौढ शिक्षालाई अनिवार्य र व्यवस्थित गर्न आवश्यक योजना बनाइने छ ।
यो कामहरु गर्न तत्काल एक पटकको लागि सय जना साथीहरुलाई महिनाको ५ पाउण्डका दरले बर्षको हुने ६० पाउण्ड एकमुष्ट सहयोग आहृवान गर्दछु । ती सबैको नाम संस्थापक सदस्यको रुपमा दर्ता गराइने छ । जसलाई उक्त गाउँको प्रगति विवरण समय समयमा अवगत गराइने छ ।
उक्त प्रयोजनको लागि यहा पनि सम्भव भए सम्म बिशेष उपायको खोजी गरिने छ । हामीले गर्ने गरेको काममा थप २ दिन अथवा कुनै नौलो काम गरेर उक्त रकम जम्मा गर्ने स्रोतको खोजी भईरहको छ ।
यो कामलाई अभियानको रुपमा लिइने छ । केही समय पछि अन्य ठाउँमा समेत यसको थालनी गरिने छ । देशभरी नै यसलाई जनकल्याण अभियानको रुपमा विकसीत गर्न सकिने छ । यसको मूख्य नाराको रुपमा 'नयाँ नेपालको पहिचान - थालौं जनकल्याणको अभियान' राखिने छ ।
अन्य शीर्षकहरु
नेपाली जनसम्पर्क समिति बेलायतको दोस्रो अधिवेशन आगामी जुन २० का दिन लण्डनमा हुँदैछ । बेलायतबासी कांग्रेस समर्थकहरु यसको तयारीमा लागेका छन् । अधिवेशनका लागि चाहिने न्युनतम तयारी पूरा भइसकेको बताइएको छ । यो अधिवेशन मध्यावधिमा हुन लागेको अधिवेशन हो । विधानत तीन वर्षको कार्यकाल भएको वर्तमान कार्यसमितिको कमजोरीका कारणले अधिवेशन करिब ढेड वर्ष पहिला नै हुँदैछ । पहिलो अधिवेशनमा निर्वाचित कार्यसमितिलाई बीचैमा घुँडा टेक्न बाध्य पारिएको थियो ।
वर्तमान कार्यसमिति निर्वाचित भए पछि कामहरु नभएका भने होइनन् तर कुशल नेतृत्वको अभावका कारण संस्थागत विकासमा खासै काम हुन सकेन भन्दा पनि हुन्छ । सामान्यतया नेताहरु यूके आउँदा स्वागत, विपी जयन्ती, विपी स्मृति दिवस, गणेशमान स्मृति दिवस, मेलमिलाप दिवस मनाउने जस्ता नियमित र औपचारिक कार्यक्रमबाहेक रचनात्मक काम गरेको देखिएन । तत्कालीन तदर्थ समितिले गठन गरेका क्षेत्रीय समितिको पनि सहि परिचालन नहुनु, आर्थिक अनुशासनलाई कडाइका साथ परिचालन नगर्नु, क्षेत्रीय समितिको अधिबेशन नहुनु, कार्यसमितिमा बारम्वार हेरफेर गर्नु र विधानत समिति नचल्नु मुख्य कमजोरी देखिए । पहिलो अधिबेशनबाट निर्वाचित कार्यसमिति पार्टी हितलाई सर्बोच्च मानेर अगाडि बढ्नुको सट्टा ब्यक्तिब्यक्तिको आपसी तानातानमा रुमल्लिएर बस्यो । यसको सम्पूर्ण जिम्मेवारी नेतृत्वले मात्र नभै सिंगो कार्यसमितिले लिनुपर्ने देखिन्छ । यो अधिबेशनले बर्तमान कार्यसमितिको क्षमता र कामको मूल्यांकन अवश्य गर्नेछ ।
नेपाली जनसम्पर्क समितिको स्थापनाकाल देखिनै समस्या झेल्दै आएको छ । बिगतलाई हेर्दा कुनै नीतिगत वा संस्थागत समस्या भन्दा पनि ब्यक्तिगत समस्याका कारणले सिंगो संस्थाले दुःख पाएको छ । जनसम्पर्क समितिभित्र बारम्बार आउने समस्याले गर्दा वेलायतमा रहेका कांग्रेसजनहरु बाहिर निस्कन सकिरहेका छैनन् । हालसम्म जनसम्पर्क समितिका गतिविधिले कांग्रेसको शिर माथि उठाउन सक्ने र समितिप्रति गर्व गर्न सक्ने वातावरण तयार भएको छैन । अब हुन लागेको दोस्रो अधिबेशनबाट नेपाली जनसम्पर्क समितिको मुहार फेर्ने अवसर बेलायतबासी कांग्रेसजनमा आएको छ । यो अवसरलाई सहि तरिकाले प्रयोग नगर्ने हो भने झुकेको शिर अवश्य माथि उठ्ने छैन । कुनै ब्यक्तिलाई नेतृत्वमा पुर्याउने अवसरको रुपमा मात्र अधिवेशनलाई लिनुहुँदैन । अधिवेशनसँग सँगै जनसम्पर्क समितिलाई पुनर्निर्माण गरिनुपर्छ । स्थापना काल देखिनै कमजोर धरातल भएका कारण समिति बारम्बार डगमगाई रहेको छ । कमजोर धरातललाई पन्छाएर एउटा सशक्त धरातलको निर्माण अहिलेको आवश्यकता हो । संस्थागत मूल्य र मान्यता बुझेको र संगठनलाई गन्तब्यस्थल सम्म पुराउन सक्ने ब्यक्तिले नेतृत्व लिनुपर्छ । यदि आगामी अधिबेशनमा पनि साधारण सदस्यहरुले बुद्धिमानी तरिकाले नेतृत्व चयन नगर्ने हो भने पुरानै अवस्था दोहोरिने प्रायः निश्चित छ । पुनः कुटाकुट, झैझडा र विवादका बारेमा समाचार पढ्न र सुन्न बाध्य हुनुपर्ने छ ।
अधिवेशनको यस पावन घडीमा उठौं, जुटौं र संगठित बनौं, विश्वास सद्भाव र एकताको वातावरण तयार गरौं । यही समयको माग हो । भाइ फुटे निश्चित रुपमा लुटिनुपर्छ । एकताको बलले नै लक्ष्यको शिखर चुम्न सकिन्छ । प्रजातान्त्रिक समाजवादमा आस्था राख्ने तमाम बेलायतबासी नेपालीहरुले अहिलेको अधिवेशनबाट यही अपेक्षा राखेका छन् । पदीय स्वार्थ त्यागेर सबैले संस्थाको बारेमा सोच्ने समय आएको छ । अधिवेशनमा व्यक्तिमात्र होइन नीतिको पनि चर्चा गरिनुपर्ने माग सदस्यहरुले गरिरहेका छन् । प्रबुद्ध वर्गको सक्रियतामा अधिवेशन सफल हुनेछ र जनसम्पर्क समितिले गति लिनेछ भन्ने आशा सबैले लिएका छन् । यसका लागि सबै सचेत हुन आवश्यक छ ।
- लेखक नेपाल बृटेन डट कमका प्रधानसम्पादक हुनुहुन्छ )
केभिन छन्त्याल
आफ्नो न्यायीक आन्दोलनमा समस्त बिटि्रश भूतपूर्व गोर्खा दाजुभाई तथा दिदीबहिनीहरुलाई एकजुट बनाउने हेतुले मे २५ मा आस्फोर्डमा एउटा भेलाको आयोजना सम्पन्न गरिएको छ । बि्रटिस सेनामा सन् १८१५ देखि आबद्ध भई बि्रटिशको लागि हजारौं गोर्खाली दाजुभाईहरुले ज्यान गुमाएका छन् ।
हामीले बि्रटिश सरकारकोे साम्राज्य विस्तारमा अहम भूमिका निर्वाह गरी आएका छौ । समय र परिस्थिति अनुसार दुई देशका तर्फबाट कुटनैतिक समाधान निकाली एउटै संस्था र पदमा आवद्ध भई अवकाशप्राप्त गोर्खाहरुको बि्रटिश समकक्षी सरह निकृतिभरण दिइनु पर्ने भन्ने हाम्रो माग सशक्त रुपमा उठाउनुपर्छ भन्ने आजको तमाम भूपूहरुको माग हो ।
विगत चार बर्षदेखि बेलायतकै तमाम भूपूहरुको संयुक्त प्रयासमा या भिन्न भिन्न संस्थाहरुको तर्फबाट विभिन्न सुत्रीय माग राख्दै आवाजहरु उठाउन प्रयासहरु नभएका होइनन् तर एउटै छातामुनी रही सयुक्तरुपमा आफना मागबाट एकताबद्ध भई जुन आवाज उठाउनु पर्ने हो त्यो हुन सकिरहेको छैन । वितेको दुई बर्षयता भूपूहरुका भिन्न भिन्न संस्थाहरुको सयुक्त प्रयासहरु पनि केही समयका लागि मात्र सहज हुन पुग्यो । एक दुई कार्यक्रमहरु सम्पन्न गरिए पनि त्यो दिगो हुन सकेन ।
हामी चेतनशील प्राणी हौ । हामीमा सोच्न सक्ने खुवी र एकले अर्कोमािथ सम्मान गर्ने गुण भएकोले नै मनुष्य प्राणी वर्गमा सर्वश्रेष्ठ प्राणी ठहरिएको हो । हरेकका आ-आफनै विचार हुन्छन् । आ-आफनै तर्क हुन्छन । अझ राजनीतिमा अनेकन विचारबाट निस्किएका बेग्लाबेग्लै धारणाहरु संकलन गरी सयुक्तरुपमा समायोजन गरी स्पष्ट निश्चित वाद या नीतिले पूर्णरुप लिई बाटो तय गरिएका हुन्छन् । हो हामी भूपूहरुमा पनि विचारले वा नीतिले एक अर्कोमा हेर्ने दृष्टिकोणमा फरक हुनसक्छ । राजनीतिक सिद्धान्तले फरक फरक बाटो तय गरिएका होलान् । तर हामी भूतपूर्व गोर्खाहरुको आवश्यकता भनेको एउटै संस्थामा एउटै पदमा आवद्ध भएका समकक्षीहरुमा एउटै मिलन विन्दुसम्म पुग्ने बाटो र पाप्त गर्ने सहुलियतहरुको समानताको लागि संघर्ष गर्नु हो ।
हाम्रा भूपूहरुको हकहित बारे आवाज उठाउने हेतुले विशेष चारवटा संस्थाहरु कृयाशिल छन् । सांगठानिक हिसाबले भूपूहरुलाई आवद्ध गर्न यी संस्थाहरु सक्षम छन् भन्ने लाग्छ । इतिहास लेख्ने हिसाबले अग्रगामी चिन्तन, दह्रो आत्मबल र सोच लिएर हिडिरहेका महान योद्धाहरुमा एक अर्कावीचमा केही सानातिना बैचारिक असहमतिहरु भए पनि छलफल र सामुहिक प्रतिबद्धताले पारलगाउादै एउटै मिलन विन्दुमा पुग्नु सवैको लागि हितकर छ । "भाई फुटे गवार लुटे" उखानलाई सबैले मनन गरी एकताको लागि पनि भित्री तहबाट हामी भन्ने भावना उजागर गरौ । समय अझै बााकी छ । हामी तमाम शुभचिन्तक भूपूहरुमा तपाईहरु चार संस्था जो यहाा क्रियाशिल हुनुहुन्छ निश्चित समय सम्मको लागि एउटै विचारमा आवद्ध भइदिनुहोस् । यसैमा हामी सबैको भलाई छ ।
हुन सक्छ यहा कृयाशिल रहेका चार संस्थाहरुका आवद्ध भूपू साथीहरुको आर्थिक, वैचारिक तथा सक्रिय लगानीले एउटै आवाज बुलन्द बनाउन केही असजिलो भइरहेको महशुस भइरहेको छ भने आर्थिक विषयमा आ-आफनै संस्थाको लागि तटस्थ रहनुहोस् । तर वैचारिक धरातलमा सक्रिय सहभागिता जनाई यस अमूल्य घडीमा एउटै आवाज उठाउन चारवटै संस्थाको नेतृत्वहरु एउटै टेबुलमा बसी समान नेतृत्व दिन अग्रसर भईदिनुहोस् । जसले गर्दा हामीलाई भविष्यमा चाहिएमा न्यायिक लडाईमा आवश्यक पर्ने आर्थिक संकलनमा कुनै समस्या रहनेछैन । हामी सबैको मन मिलेमा समस्त भूपू साथीहरुको तर्फबाट केबल १०.०० का दरले उठाएमा पनि मिलियन पौण्ड रकम संकलन गर्न सकिनेछ ।
दुई बर्षदेखिको "गोर्खा यूनाइटेड पmन्ट" नामक कमिटिद्वारा सबैलाई एकताबद्ध गर्ने दुई प्रयासहरु एउटै कार्यक्रम पश्चात निस्कृय जस्तै हुन पुगेको यथार्थ हाम्रा बीचमा देखिएकोछ । नेतृत्व तहमा समय सापेक्ष चल्ने खुवी भएमा जतिसुकै असमान विचार भएकाहरुबीचमा पनि कार्यगत एकता गरी अगाडी बढन सकिनेछ । राजनीतिमा विचार फरक हुन्छ, नीति फरक हुन्छ, सिद्वान्त फरक हुन्छ, तैपनि निश्चित समयावधिका लागि एउटै विचारप्रति फरक फरक धारण प्रस्तुत गर्दै एकताबद्ध भई आ-आफना असमानतालाई पूर्ण विराम दिई सहमतीमा पुग्न बाटो खुला गरिएका हुन्छन् । हाम्रो भूतपूर्व गोर्खाहरुमा न्याय र समानताको माग हो । यदी चारवटै संस्थाको उद्देश्य गोर्खाहरुको न्याय, समान हक हित बारे नै हो भने विचार, हिड्ने बाटो र पुग्ने बिन्दु सबैको फरक भएन । त्यसैले निश्चित मार्ग र बाटो तय गर्न एउटै मनले एकताबद्ध हुनुमै लागे कल्याण छ । यदि हाम्रा चारवटा संस्थाको उद्देश्य बाहिरी रुपमा गोर्खाहरुको समान हक हित र न्यायको लागि भन्ने तर भित्री रुपमा अर्कै हुन् भने त्यसले भूतपूर्वहरुका समानताको लडाईमा अवस्य बाधा गर्ने छ ।
खास बि्रटिशको नीति विश्वमा फुटाउ र राज गर भन्ने हो । हामीमा बैमनस्य बढाएर एक अर्काप्रति अविश्वासको वातावरण तर्फ धकेल्ने उसका नीति छन् । जब हामी शान्तिपूर्ण, न्यायिक र समानताको लागि एउटै आवाज उठाउन सक्दैनौ तवसम्म हाम्रो आवाजको महत्व राख्दैन । हाम्रो न्याय र समानताको माग पुरा गराउन सबै संस्थाहरुको नेतृत्व तहमा ऐक्यवद्धताको आवश्यकता छ ।
बि्रटिश भूपूहरुका मागहरु बेलायत र नेपाल दुवै राज्यमा सम्बन्धित निकायहरुमा पुगिसकेकाछन् । नेपालको कुटनैतिक दवाव बेलायतसमक्ष पुर्याउन नसकेकोले हाम्रा मागले सहज रुपमा ग्रहण गर्न नसकेको हो । नेपालमा निकट केही दिनमा जनताको सरकार गठन हुन गइरहेकोछ । यसले केही सकारात्मक देन भूपूहरुको लागि अवस्य दिनेछ । यस घडीमा हामी सबैको एकताको अत्यन्त खााचो खडि्कएको छ । त्यसैले हामी भूपूहरु फूटबाट होइन संगठित भएर संगठित शक्ति निर्माणमा लाग्नु जरुरी छ ।
समस्त भूपूहरुको आपसी एकतामा कमी भएकोले नै हाम्रो न्यायिक मुद्दाहरुमा न्यायलयबाट हाम्रो पक्षमा निर्णय हुन सकिरहेको छैन । हुनसक्छ हामीमध्ये कुनै त्यस्ता प्रतिक्रियावादी सोचमा या बाधक तत्वहरुको घेरामा परेकाले हाम्रो एकतामा बाधा परेको हो कि, यदि कुनै तत्व जसले गोर्खाहरुलाई एकताबद्ध हुन नदिने चाल रचेकाछन् भने त्यस्ता तत्वविरुद्ध घोर निन्दा र भण्डाफोर गर्दै पद्धतिगत छलफल गर्दै हामी बीचमा रहेका विमतीहरु हटाई सहमति र सहकार्यको मार्ग प्रशस्त गर्न नेतृत्व तहलाई हार्दिक अनुरोध छ ।
भूतपूर्व गोर्खाहरुका संस्थाहरुका नेतृत्वहरु सक्षम छन् र समय सापक्ष नेतृत्व प्रदान गर्न अग्रसर पनि छन् जस्तो लाग्छ । तर आफना संागठानिक संरचनामा ह्रास भइरहदासम्म पनि आफनो अडान परिवर्तन गर्न नसकी समर्थक विनाको संगठनको नेतृत्वमा बसिरहनु नैतिकहिन कार्य हो । त्यसैले नेतृत्वले हरहमेसा एउटा कुशल तथा सक्षम संगठन निर्माणमा ध्यान दिन आफना मातहतका मेम्बरहरुको सल्लाह र सुझावलाई पनि उचित कदर गर्नु सक्नु पर्दछ ।
गोर्खा यूनाईटेड पmन्ट खासमा छुट्टै संस्था होइन । हाम्रा चारवटा संस्थाहरुलाई एउटै टेबुलमा ल्याई सम्पूर्ण भूपूहरुको एकताका लागि पहल गर्न स्थापना गरिएको एउटा कामचलाउ गु्रप हो । भिन्न भिन्न विचार र नीतिमा अडिग संस्थाहरुको बीचमा कार्यगत एकता कायम गरी हाम्रा साझा मुद्दामा प्रतिबद्ध बनाउन हामी भूपूहरुको समस्यालाई नजिकबाट बुझेका चेतनशील साथीहरुको प्रयासबाट मेलमिलाप नीति निर्माणमा देखाउनु भएको अग्रसरता मात्र हो । यस "गोर्खा यूनाइटेड पmन्ट" यहाा रहेका चारवटा संस्थाका नेतृत्वमा आपसी सहमतीको आधारमा सम्पूर्ण भूपूहरुलाई एउटै मञ्चमा ल्याई अगाडि बढने प्रण गरेको खण्डमा स्वतः भंग गरिने भनाईहरु पनि आइरहेका छन् । हामीले बुझनै पर्ने कुरा के भने हामीबाट जति सुकै संस्थाहरु स्थापना गरिएता पनि सबै भूपूहरुलाई एउटै मञ्चमा ल्याउन सकिएन भने नयाा स्थापना गरिने संस्थाहरु पनि व्यर्थ हुन पुग्नेछन् । बरु नयाा संस्था स्थापना गर्नु भन्दा अहिले हाम्रा बीचमा देखापरेका संस्थाहरुलाई समायोजन गर्नु बुद्धिमता हुनेछ । यदि कसैलाई अध्यक्ष पद चाहिएको र तमाम भूपूहरुका न्यायिक समानताको रटन गर्दै समय ब्यतित गर्ने खेल हुन भने हामी त्यसबाट सचेत रहनु पर्दछ ।
आइतबार मे २५ मा केन्टमा बसोबास गर्नुहुने भूतपूर्व गोर्खा दाजुभाई तथा दिदीबहिनीहरु समक्ष बर्तमान गोर्खा यूनाइटेड पmन्टमा आबद्ध साथीहरुको आव्हानमा आश्फोर्डको हलमा एक भेलाको आयोजना गरिएको थियो । उक्त भेलाको प्रमुख उद्देश्य आगामी ८ जुनमा सबै संस्थाका नेतृत्वहरुलाई आमन्त्रण गरी "गोर्खा यूनाइटेड पmन्टको" आवश्यकता र सक्रिय सहभागीतामा अग्रसर रही मध्यस्थतालाई निरन्तरता दिने या यसलाई सबैको समक्ष भंग गर्ने भन्न विषयमा सुझाब र राय संकलन गर्नु रहेको थियो । आगामी ८ जुनमा पुनः एकपटक हामी सबैको उपस्थिति आवश्यक छ । हामी समस्त न्यूट्रलमा रहेका भूपूहरुको लागि हाम्रो साझा न्यायीक लडाईमा चासो दिई सबैको एकतामा धेरथोर भूमिका निभाउनु पर्ने भएकोले म यहााहरु समस्त गोर्खा दाजुभाई तथा दिदीबहिनीहरुमा उक्त जमघटमा उपस्थिति भई आफनो अभिमत भूपूहरुको एकताको लागि दिनुहुन हार्दिकताका साथ आव्हान गर्दछु ।
एउटै उद्देश्यका लागि फरक फरक संस्थाका तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुमा खास कुनै बैचारिक मतभिन्नता, नीति नरहे पनि कार्यगत एकता हुन नसक्नु र कार्यगत एकता गर्दै आफना असहमतिका बुादाहरु थााती राखी सहमति कायम गर्न हिचकिचाउने पनि एउटा बाध्यता रहन सक्दछ । भित्री इच्छाले मिल्नु जस्तो राम्रो अर्को विकल्प नभए पनि उहााहरुमा आर्थिक कुराले समस्या खडा गरेको हुन्छन् । किनकि आफना जनवर्गिय संगठन र शुभचिन्तकहरुबाट उठाइने आर्थिक लेवी रकमको उचित हिसाब किताब दुरुस्त प्रस्तुत गर्न नसक्नु पनि कारण हुनसक्छ । हामीले एकताको लागि जति सजिलो देखेका छौं र सहज लाग्ने गरेको हुन्छ त्यति सम्भव चाहि हुादैन । कुनै पनि नेतृत्वदायी पदमा पुग्न जति सजिलो हुन्छ त्यति सहजता पद गुमाउन कुरामा नरहन सक्छ । खासगरी जुन नेतृत्ववर्ग आफ्ना कामकारबाही पारदर्शिता गर्नेप्रति सचेत रहादैन त्यसमा जटिलता रहन्छ । भूतपूर्व गोर्खाहरुको एकताको गााठो यहींनिर अल्भिmएको जस्तो लाग्छ । त्यसैले एकताको लागि हामी सबैको तर्फबाट छुट्टै फण्ड स्थापना गरी त्यसै मार्फत हाम्रा चार संस्थाका नेतृतवलाई एउटा सहमतिमा पुर्याई सशक्त नेतृत्व प्रदान गर्न बाटो खुला गर्नुपदर्छ । यसैमा हामी गोर्खाहरुको एमओडीसागको न्यायीक लडाईलाई निणर्ायक विन्दुमा पुर्याउन सक्नेछौं । जय भूपू गोर्खा ।
नेपालीमा दासत्व - दिल साहनी
यही शिर्षकमा मैले आजभन्दा लगभग तीन दशक अघि एउटा लेख लेखेको थिएँ । त्यो लेख आसामबाट इन्द्र चौलागाईंको सम्पादकत्वमा प्रकाशित हुने विश्व नेपाली समाचार पत्रमा छापिएको थियो । त्यतिबेला प्रदीप नेपाल भारत प्रवासमा अखिल प्रवासी नेपाली संघलाई हेर्ने जिम्मा पाएर गएका थिए । उनले शिलांगमा पुग्दा मेरो विश्व नेपालीमा प्रकाशित लेख हेरेछन् । पछि मसित भेट हुँदा उनले भनेका थिए तपाईंको त्यो लेख मलाई निकै मन पर्यो । उनले मेरो लेखमा व्यक्त विचार मात्र होइन लेख्ने तरिका पनि मन पराएको कुरा गरेका थिए र भनेका थिए यसरी नै लेख्दा राम्रो हुने रहेछ । मेरा लेख मन पराउने प्रसंग कोट्याउँदा यहाँ मैले नेत्र अभागाको पनि नाम उल्लेख गर्न चाहन्छु । उनी त्यतिबेला नेकपा मालेका केन्द्रीय सदस्य थिए । भूमिगत जीवन विताउँदै थिए । रोगी भए पनि आफ्नो जिम्वेवारीमा सकि्रयता पूर्वक लागेका थिए । यिनी लगभग छ महिनासम्म भेटिएनन् । पछि थाहा लाग्यो जंगलको बाटो हुँदै पार्टी सम्पर्कमा जाँदा उनी उतै मृत्युको मुखमा परेछन् । जंगलमा उनको कसरी मृत्यु भयो कसैलाई थाहा भएन । तर उनको झोला घडी र शरीरका केही अवशेष भेटिंदा नेत्र अभागाको मृत्यु भएको कुरा पक्का भयो । ०३९- ४० सालतिर यिनैसित मेरो बुटवलम एकपल्ट र भैरहवामा अर्कोपल्ट शायद जम्मा दुई पल्ट भेट भएको थियो । त्यतिबेला मैले भैरहवाबाट प्रकाशित हुने समाचारपत्र दैनिक निर्णय र समालोचना दैनिकमा लेखहरु लेख्ने गर्दथें । उनले पनि मलाई भेटमा भनेका थिएँ तपाईको लेखन निकै मन पर्याे । जारी राख्नु होला ।
जे होस्, मैले नेपालीमा दासत्व भन्ने लेखमा के कुरा लेखेको थिएँ भने उहिले राणाकालमा भारततिर लागेका नेपालीहरुले राणाशासनकालमा हुर्काइएको चाकरीप्रथालाई आफूसित नै बोकेर भारतमा पनि पुराएका थिए । यसैले उनीहरुले वि्रटिशकालमा अंग्रेजहरुको निकै चाकरी गरे । उनीहरुको दासत्वलाई सहर्ष स्वीकार गरे । भारतीय जनताको स्वतन्त्र संग्रामलाई सहयोग गर्नको सट्टा अंग्रेजहरुको भक्ति भजन गरे ।
यिनै नेपालीहरुले गोराहरुले भारत छोडे पछि कालाहरुको चाकरी गर्न थाले । कालामा पनि कांग्रेसको चाकरी गर्न थाले । यस कारणले पनि कि अंग्रेजको हातबाट सत्ता कांग्रेसको हातमा पुगेको थियो । नेहरुहरुका हातमा सत्ता पुगेको थियो । त्यतिबेला भारतीय नेपालीहरुले भारत स्वतन्त्रताको लडाईमा हाम्रो पनि ठूलो योगदान थियो भनेर कांग्रेसको चाकरी गर्नको लागि त्यतिबेला भारतको कांग्रेस पार्टीमा लागेर गान्धी र नेहरुको नेतृत्वमा अघि बढेका र अंग्रेजले टाउकाको मोल समेत तोकेका आसाम डिगबोईका स्वतन्त्र सेनानी भक्तवहादुर नेवार, आसाम डिग्वोईकै कांग्रेसका मजदुर नेता तथा पूर्व विधान सभा सदस्य दलवीर लोहार एवं आसाम दरंग -अहिले शोणितपुर) का स्वतन्त्र सेनानी छविलाल उपाध्यायहरुका नाम लिएर भन्ने गर्दथे हामी नेपालीहरुको भारतको स्वतन्त्र संग्राममा निकै ठूलो योगदान रहेको छ । भारत सरकारले हाम्रो योगदानको मूल्यांकन गर्नै पर्दछ । यो उनीहरुको चाकरी बजाउने एउटा तरिका थियो । यो नेपालीमा भएको दासताको एउटा रुप थियो । राणाकालीन नेपालबाट कोशेलीको रुपमा प्राप्त गरेको निधि ।
यति भने पछि मैले त्यो लेखमा के पनि लेखेको थिएँ भने भोलि यदि भारतमा कांग्रेसको शासन समाप्त भएर कम्युनिष्टको शासन आयो भने यिनै यतिबेला कम्युनिष्ट शव्द समेत सुन्न नरुचाउने नेपालीहरुले दार्जीलिंगका कम्युनिष्ट नेता रतनलाल व्राह्मण -माइला बाजे) को नाम लिने छन् र भन्ने छन् भारतका कम्युनिज्म ल्याउनमा नेपालीको निकै ठूलो योगदान रहेको छ ।
मैले यहाँ यतिबेला यो कुराको चर्चा गर्न किन परेको हो भने नेपालमा एमालेका माधव कुमार नेपालको नेतृत्वमा के सरकार बन्न थालेको थियो कर्मचारीहरुमा एमालेको चाकरी गर्ने प्रवृतिले १८० डिग्रीको मोड लियो । यस कुराको मैले प्रत्यक्ष अुनभव गरें । चाकरी गर्ने प्रवृतिले यस्तो हुँदो रहेछ ।
कुरा यति मात्र होइन एमालेको नेतृत्वमा सरकार बन्ने पक्का भए पछि त्रिभुवन विश्यविद्यालयले खुसुक्क डा सुरेन्द्र गिरीलाई कामू क्याम्पस चिफबाट हटाएर छापामार शैलीमा एमालेका बफादार कार्यकर्ता वा नेता डा माधव पन्थीलाई क्याम्पस चिफ नियुक्ति गरेछ । विश्वविद्यालयलाई एमाले नै चाहिने हो भने बुटवल बहुमुखी क्याम्पसमा थुप्रै सिनियर एमालेहरु छन् ।
क्याम्पसमा कुनै दल विशेषको चाकरी बजाउने योग्यता राख्नु क्याम्पस चिफको योग्यता हुन सक्दैन । तर पनि यो मुलुक कै दुर्भाग्य भन्नु पर्ने हुन्छ यस मुलुकका नेता तथा पार्टीहरुले राणाकालीन चाकरीतन्त्रलाई कायम राख्न आफ्नो बफादार चाकर हुन सक्ने व्यक्तिलाई नै ठूला ठूला जिम्वेवारी सुम्पिन्छन् । डा माधव पन्थीलाई नाटकीय रुपमा क्याम्पस चिफको पदमा नियुक्ति भए पछि मैले भी सीको अनुहार सम्झें । आखिर भि सी पनि त एमाले हुन् । भी सीका सल्लाहकार राजेन्द्र पौडेललाई सम्झें । उनी पनि खाटी एमाले । उनलाई कुनै दिन भैरहवा क्याम्पसमा अध्यापन गर्दा नेकपा मालेतिर तान्ने आखिर म नै थिएँ । ०४६ साल पछि म त पार्टीको पूर्णकालीन कार्यकर्ता भएं भनेर झोला बोकी सुदूर पश्चिमतिर पार्टी कार्य गर्न हिंडेका माधव पन्थी यतिबेला बुटवल क्याम्पसका क्याम्ापस चिफ बनेका छन् । विश्व विद्यालयले यो क्याम्पसमा कसलाई क्याम्पस चिफ बनाउन पर्दछ सल्लाह सुझाव माग्दैन । शायद यसको निर्णय बल्खु दरवारबाट हुन्छ ।मलाई यतिबेला लागिरहेको छ यो देश तीन जना माधवको कव्जामा छ । सरकार एउटा माधवको कव्जामा छ । विश्वविद्यालय अर्को माधवको कव्जामा छ । क्याम्पस अर्का माधवहरुको कब्जामा । अनि हामो यात्रा पुरानो नेपालबाट नयाँ नेपालतिर होइन नयाँ नेपालबाट पुरानो नेपालतिर फर्किरहेको छ ।
यति भने पछि म फेरि कर्मचारीतन्त्रमा आउन चाहन्छु । रुसमा विश्व विख्यात कथाकार चेखभले कर्मचारीमा छेपाराले जस्तै रंग फेर्ने बानी भएको कुरा बडो मार्मिक ढंगले चित्रित गरेका छन् । हाम्रो देशका कर्मचारी पनि त्यस्तै त्यस्तै रहेछन् जस्तो लाग्यो । हिजो माओवादीको चाकरी गर्न तम्सिएका कर्मचारी आज फेरि एमालेको चाकरी गर्न दाम्लो छिनालेर लागेका छन् । यस्तै कुरा मेलै हिजो राजाको प्रतिगमनको बेलामा पनि अनुभूति गरेको थिएँ । उनीहरु बहुदलकालमा बाटो घाटो चौरस्ता जहाँ पनि चर्काचर्का कुरा गर्न सक्दथे । कुरा गर्दथे । तर प्रतिगमन आउना साथ उनीहरुका मुख बन्द भए । उनीहरु खुरु खुरु पंचायतकालीन कर्मचारी भएर काम गर्न थाले । अझ राणाकालीन कर्मचारी जस्तो भएर काम गर्न थाले ।
लोकतन्त्रमा कर्मचारी कटबाल जस्तै सरकारलाई नटेर्ने पनि हुनु हुँदैन र राणाकाल वा शाहकालमा जस्तो कुनै दल विशेषको दासनुदास पनि बन्न हुँदैन । सरकार फेरिने वित्तिकै छेपारोले जस्तै रंग फेर्न पनि हुँदैन । शायद आफूलाई निकै असुरक्षित सम्झेर पनि होला कर्मचारीले छेपारोले जस्तै रंग फेर्छन होला । लोकतन्त्रमा पनि कर्मचारी चाकरीतन्त्रका अनुयायी बन्छन् भने त्यो के को लोकतन्त्र ?
–केशव भण्डारी
–केशव भण्डारी
हिजो आज वेलायत सेताम्य छ । आधुनिक जञ्जालले झेलिएको पूरानो शहर लण्डनलगायत वेलायतका थुप्रै ठाउँमा यसको असर पर्यो । यहाँको ब्यस्त जनजीवनलाई बीस वर्षपछि भएको यो विशाल हिमपातले नराम्रोसाग आफ्नो पकडामा लियो । सडक यातायातदेखि लिएर उडानसम्म बन्द भए । स्कुल र कलेजहरु बन्द भएपछि तन्नेरीदेखि बच्चाहरु हिउँमा खेल्न मस्त भए । पुरै वेलायतको जनजीवन प्रभावित भयो ।
रिसेसन आर्थिक मन्दीले समातेको वेलायतलाई फेरि एक पटक प्राकृतिक हिमपातले च्याँप्यो । यातायात, व्यापार, उद्योगधन्दा एवं दैनिक कार्यालयहरुको काममा हिमपातले पुर्याएको असरले यहाँको अर्थतन्त्रमा अर्वौ पाउण्ड नोक्सान भएको अर्थविद्हरु बताउादैछन् । हिमपातमा उचित व्यवस्था गर्न नसकेको भनी लोकल काउन्सिललगायत सरकारको समेत आलोचना पनि भयो । सक्ने काउन्सिलहरुले हिउ पगाल्न बाटोमा नुन खसाले त कसैले डोजर लगाएर बाटोको हिउँ पन्छाए ।
सधै प्राकृतिक प्रकोपमा पीडा सहनुपर्ने हामी नेपालीको लागि भने यो हिमपात हाम्रा गाउँ घरबाट देख्ने गरेको पारी हिमालयको पहिचान जस्तो देखियो । हिमपातपछि छरिएको सेताम्य हिउाले सूर्यको किरणमा चम्काहट दिादा हिमालयको काखको झझल्को लाग्थ्यो । प्राकृतिक रमणीय वातावरणमा रुमल्लिँदै हुर्केका हामी नेपालीहरुलाई आधुनिक तडकभडकले भन्दा प्राकृतिक सौन्दर्यले अवश्य पनि मातृभूमिको याद दिलाउाछ र त्यस्तै भयो ।
वेलायतको हिमपातले मलाई हाम्रो देशको प्राकृतिक प्रकोपसाग सम्वन्धित कतिपय कुराहरु सम्झाएको छ । करिव बीस वर्षपछि सबै क्षेत्रलाई प्रभावित पार्ने गरी आएको वेलायतको यो हिमपातले देशको अर्थतन्त्रलाई नोक्सान पुर्यायो । जनताको जनजीवन एक दुई दिन भएपनि कठिन भयो । यसैले खर्चिलो भएपनि यसको स्थायी समाधान खोजिनुपर्छ र भविष्यमा हुने भारी हिमपातको असरबाट जोगिनुपर्छ भन्ने राष्ट्रिय वहस जन्मायो । सम्वन्धित निकायले यसलाई गम्भीरताका साथ पनि लिए । नेपालमा हिमालय क्षेत्रमा त यसको कुरै भएन तर यस क्षेत्रका आसपास बस्ने पातलो बस्तीले पनि हिाउदे हिमपातलाई आफ्नो जीवनशैली नै बनाएका छन् । यसैले हिमपात राष्ट्रिय समस्याको रुपमा देखिएको छैन । तर सयौा मान्छेको ज्यान जाने गरी वर्षेनी हुने बाढी पहिरोको स्थायी समाधान खोई ? बाढीका कारण तराईमा बर्षेनी डुबानी हुन्छ, अरवौको आर्थिक नोक्सान हुन्छ तर सबै कुरा तत्कालका लागि उठ्छन् । पीडितका लागि सहयोगस्वरुप राहतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गुहार गरिन्छ । एक सालको घाउ नपुरिादै अर्को सालको प्रकोप सुरु हुन्छ । तर स्थायी समाधान खोजिादैन । लाग्छ प्राकृतिक प्रकोप हामीहरुलाई प्रकृतिका देन हौं । यसको लागि बर्षेनी मानवले वलिदान गर्नुपर्छ ।
प्राकृतिक सम्पदा हाम्रा सम्पत्ति हुन् तिनको संरक्षण गर्नुपर्छ । प्रकृतिको बनोटलाई तहसनहस गरेर जथाभाबी गरिने भौतिक संरचना हामीलाई चाहिएको छैन । प्रकृतिको मनोरम दृष्यलाई कायम राखेर जनताको जिउधनको सुरक्षाको ग्यारेन्टी हामीलाई चाहिएको छ । भीरपाखामा असुरक्षित रुपमा बनेका घरटहराहरुलाई व्यवस्थित गर्ने, बाढी डुवान हुने बस्तीहरुलाई बचावटको उपाय समयमै अवलम्वन गरी सुरक्षित गर्ने जस्ता कार्य कहिले र कसले गर्ने ? यी प्रश्नहरु नेपाली जनता र सरकारमा अझै पनि अनुत्तरित छन् । यदाकदा आउने ठूला प्राकृतिक प्रकोपसाग जुझ्न त आधुनिक टेक्नोलोजीले भरिपूर्ण विकसित राष्ट्रहरुलाई पनि मुश्किल पर्छ । अमेरिकालाई बर्षेनी समुन्द्री तुफानले सताएको हुन्छ । आजकाल मौसमी भविष्यवाणी अर्थात फोरकाष्ट सामान्य जस्तै भएको छ । विकसित राष्ट्रहरुले मौसमी फोरकाष्टलाई एकदम महत्वका साथ मिडियामा प्रचार गरेका हुन्छन् । सबैले मौसमलाई हेरेर आफ्ना कार्यक्रम तय गरेका हुन्छन् ।
नेपालमा मौसम हेर्न छुट्टै विभाग त छ तर यसको प्रभावकारिता त्यति देखिएको पाइदैन । मौसमको सम्भावित खतराको जानकारी दिने अत्याधुनिक प्रविधिको विकास भइसकेको अहिलेको अवस्था पनि हामीकहा दुई चार ठूला शहरको चौवीस घण्टासम्मको फोरकाष्टमा चित्त बुझाउनुपर्ने अवस्था छ । अझ यसको विश्वसनीयतामा जनमानसमा शंकाहरु छन् । अहिले हरेक जिल्लामा एफएम रेडियो सुविधा भइसकेको छ । यदि मौसमी विभागलाई सक्षम बनाएर हरेक जिल्लाको फोरकाष्ट आम मिडियामा प्रचार गरी जनतालाई सुसूचित गराउन सकियो भने पनि प्राकृतिक प्रकोपबाट हुने मानवीय क्षतिलाई धेरै हदसम्म रोक्न सकिन्छ । अझ नेपालमा प्राकृतिक प्रकोप बढी वषर्ात समयमा नै हुने भएकोले यस समयमा भावी मौसमको भरपर्दो जानकारी र सुरक्षाका उपाय सम्वन्धित ठाउासम्म समयमा नै पुर्याउन सके वर्षेनी हुने बाढी, पहिरो र डुवान जस्तो समस्याबाट नेपालले राहत पाउने बलियो उपाय हुन्थ्यो । यसतर्फ सम्वन्धित सरकारी एवं गैरसरकारी संस्थाहरुको ध्यान जान जरुरी देखिन्छ ।
Tuesday 23 June 2009
चक्र बहादुर राई- फोक्स्टन
किरात राई यायोक्खा राष्ट्रिय सम्योजन समिती बेलायतले सदाझै यस् बर्ष पनि साकेला/साकेन्वा उभौलीको कार्यक्रम ९ मे २००९ का दिन अल्डर्सोटको खेल मैदानमा भब्यताका साथ सम्पन्न गरेकोकोछ समितिका अध्यक्ष श्री रामधन राई ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खाका समाजसेवी श्री रत्न बा राई, बिशेष अतिथिमा महामहिम कार्यबाहाक नेपाली राजदुत श्री झपेन्द्र अर्याल, अतीथिहरुमा रस्मोर बोरोउका डेपुटी मेयर रोजर किम्बर, डेपुटी मिएररिज सुजन मिल्नेर , एन आर एन युकेका अध्यक्ष श्री डम्बर घले , मगर संघ युकेका अध्यक्ष श्री थर्क ब राना, सेर्पा किदुक संघ युकेका अध्यक्ष श्री अङकल जङ लामा, बि. एफ. बि. एस. गोर्खा रेडियो युकेका महा-प्रबन्धक श्री खेम गुरुङग, स्टेसन मेनेजर श्री बिनोद खड्का, किरात याक्थुमचुम्लुङ युकेका तर्फबाट श्री पूर्ण लिम्बु, तमु पेह लु संघ युकेका उपाध्यक्ष श्री सोम गुरुङग, लगाएत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्याग्रहण गर्नु भएको थियो त्यसैगरी समितिका सल्लाहकार र बिसिस्ट सदस्यहरु मन्चमा आसिन हुनुहुन्थ्यो बिहानी ११ बजे प्रारम्भ भएको उक्क्त कार्यक्रमको सन्चालन समितिका महा-सचिव श्री पदम ब राई र युबा साहित्यकार श्री जगत नबोदित राईले गर्नु भएको थियो भने, समितिका उपाध्यक्ष श्री ओम राईले स्वागत मन्तब्य दिनु भएको थियो यसरी बिधिबत रुपमा सुरु गरिएको कार्यक्रमको उद्घघाटन प्रमुख अतिथिको बाहुलीबाट कार्यक्रम स्थलको बिच भागमा राखिएको साकेला/साकेन्वा थानमा चिन्डोको जाँड, अदुवा,र अन्या सामाग्री सहीत श्रृष्टिकर्ता पारुहाङ सुम्निमा, देबी देबता, सिमेभुमे, नाग नगिनी, र म्रित आत्माको पूजा आराधाना गरी ढोल र झ्यमटा बजाएर बिधिबत समुद्घाटन गरियो सोही क्रममा बिभिन्न प्रारम्भिक कार्य समितिहरु फोकस्टन , फ्यानब्रो , आस्फोर्ड , मेडीस्टोन , ग्रेस् लगाएतका समितीहरुले आ-आफ्नो सिली प्रदर्सन गरिएको थियो किरात राईहरु यस्तो कार्यक्रम्मा मर्यादा क्रम्को रुपमा अन्या जाती कोही बिशिस्ट सम्मानित व्यतित्त्वहरुको उपस्थिती भए पनि कार्यक्रम्को प्रमुख त्यस जाती भित्रकै पुर्खलाई राख्ने चलन छ यही अवसरमा नेपालको राजनीतिक ,आर्थिक सामाजिक ,सस्कृतिक गतिबिधी र बिदेशका बिबिध ताजा खबरहरुलाई सम्पूर्ण बेलायत बासी पाठकहरुलाई घर घरमा पस्किने हेतुले हालै बेलायत बाट प्रकाशित हुने साप्ताहिक पत्रीका ( नयाँ सन्देशको ) बिमोचन कार्यबाहक रजदुत श्री झपेन्द्र अर्याल र गोर्खा इन्टरसनल लि का प्रबन्धक तथा अधिबक्ता श्री चन्डिराज राइले सयुक्तरुपमा गर्नु भएको थियो यसरी उदघाटन कार्य सम्पन्न पस्चात मनोरन्जन्को मुख्यभाग तिर प्रस्थान गरियो यसै क्रममा बि एफ बि यस गोर्खा रेडियो बेलायतले प्रतक्ष प्रसारण गरी संचालक योगराज राईले साकेला/साकेन्वा उभोउलीको कार्यक्रम बारेमा कार्यक्रमाका सहभागीहरुलाई आफ्नो बिचार राख्ने मौका प्रदान गर्नुभयो भने कार्यक्रम स्थल भिडले खचाखच थियो त्यसैगरी अघोषित रुपमा राखिएको प्रतिस्पर्दामा बेस्ट सिलिमा महिला तर्फ सुश्री सुजना राई फोक्स्टन र पुरुषतर्फ श्री प्रेम प्रकाश राई, बेस्ट ड्रेसमा पुरुषतर्फ श्री युगेन राई, महिला सिनिएर तर्फ श्रीमती मधुर्यवती राई र महिला जुनिएर तर्फ सुश्री ईरिका राई पुरस्क्रित भए त्यसैगरी कार्यक्रम्मा थप मनोरन्जन गराउने हेतुले राइफल चिट्ठा खोलिएको थियो जुन नतिजा अनुसार नम्बर-०५३४,०२५२,र ०५६५ ले क्रमस पहिलो, दोश्रो र तेस्रो पुरुशकार प्राप्त गरेका थिए छिटको साडी, मखमली चौबन्दी चोली, सिरमा सुन्कोफुल, गलामा सुनको कन्ठ र चादिको हारी, कम्मरमा सेतो पटुकीको पहिरनमा महिलाहरु तथा दौउरा सुरुवाल, कालोकोट, ढाकाको टोपी, कम्मरमा पटुकीमा हिंड्ने पुरुषहरुको घुइचो पनि जताततै देखिन्थे गत बर्षहरुमा भन्दा यसबर्ष मानिसहरुको घुइचो बढी थियो आज बर्सो बर्ष सम्म भेट घाट नभयका ईष्टमित्र कुलकुटम्बाहरु सँग पनि भेटने मौका मिलेको थियो प्ररम्भिक कार्य समिती फ्रान्ब्रोको ब्यबस्थपनामा बि बि क्यु लगाएतका बिभिन्न परीकारहरुको भब्य तयारी थियो यसरी भब्यताका साथ आयोजित उभौली कार्यक्रम बेलुकी ६.४५ बजे समापन भयो
Gurkhas’ victory; government defeat
In an extraordinary reversal of fortunes for those pressing for full citizenship rights for all ex-Gurkhas, an opposition motion from the Liberal Democrats calling for the rejection of government proposals on Gurkhas’ rights regarding immigration and settlement in the UK, recently proposed by the government, was passed last week (on 29th April) by a margin of 21 votes, with some 27 Labour backbenchers voting against the government together with the two opposition parties. Already on the back foot as a result of evident popular dissatisfaction with the government proposals – both from the general public- Gordon Brown was obliged to concede eventually that a further review of the matter would be considered.
The Lib-Dem leader, Nick Clegg, called for full citizenship for all Gurkhas in the opposition debate on 29th April following the government’s recent refusal to do so. His immediate response to the government’s decision was very robust: ‘Are there any moral principles left in this hollowed-out government?’ he asked. ‘People who are prepared to fight and die for this country should be entitled to live in this country. Yet even this basic principle is broken by a government desperate to cover its back and wriggle out of its commitments. This is the week Labour lost its last principles: dishonest with the nation about the state of our finances; cheating taxpayers by making MPs' expenses even murkier; and now turning its back on brave and loyal soldiers who simply want to live in the country they love and served.’
And it was not only the Lib Dems who called on the government to change its mind. The week before, the leader of the Conservative Group of Kent County Council reported that he: "… wrote to the Prime Minister last week on behalf of KCC's Cabinet, pleading with him to urgently rethink his government's policy to exclude Gurkha servicemen who retired from service prior to 1997 from applying for British citizenship. Kent is proud of its association with the Ghurkhas and is proud to be the home for the Brigade following relocation from its main base in Hong Kong in 1997. The imposition of the quite arbitrary 1997 cut-off date defies rational justification and it is hard to see how the integrity of immigration policy could be threatened or undermined by such a specific exemption in favour of a small - and dwindling - number of Gurkha ex-servicemen. The Gurkhas occupy a unique and highly-regarded position in British military and social history and I struggle to see how such an exemption from the rules would create any sort of precedent, either for the Armed Forces or the generality of British citizenship."
There were attempts by the Prime Minister and other government spokesmen to suggest that full citizenship would be too expensive (a figure of £1.5 billion was mentioned) and too complicated, and might set an unfortunate precedent for ‘other categories of immigrants’. But the result was a resounding and unprecedented defeat for the government and an undoubted victory for those arguing in favour of full citizenship for all ex-Gurkhas – something that the Lib Dems motion called for, and was clearly widely supported in Parliament and outside.
The Government proposals: differing perspectives
There are 26,500 ex-Gurkhas receiving a Ministry of Defence pension in Nepal, and until 2004 they were not allowed to settle in the UK. The ban was lifted for Gurkhas who retired after July 1997, when the brigade HQ left Hong Kong, but soldiers who retired earlier were only given the right to stay in Britain in very exceptional circumstances. On Friday 24 April, in response to the high court judgment last year (30 September 2008) that effectively branded the treatment of the older Gurkhas as unlawful, the Home Office issued new guidance on how applications from soldiers who retired before 1997 should be treated. There would be no automatic right to settle in the UK, but Gurkhas who met certain conditions – such as having a bravery award, or an illness caused by combat – would qualify. In fact, under these proposals, the right to settle in the UK would be granted only to those who meet strict criteria that include 20 years service, having obtained one of the highest medals for valour or suffering a chronic or long-term medical condition caused by, or aggravated by, service in the brigade.
Gordon Brown said that the new policy announced by the Home Office, which officials believed could lead to an extra 4,300 Gurkhas and 6,000 spouses and children being allowed to live in Britain, was "a big advance on where we were before". But Ministers were castigated for effectively rejecting demands for Gurkhas who retired from the army before 1997 to be given an automatic right to settle in the UK. The announcement infuriated the Gurkhas, of whom 1,350 have applied unsuccessfully for settlement. Lawyers representing the Gurkhas said that the conditions imposed were so stringent that fewer than 100 would qualify. Martin Howe, their solicitor, said that the qualifications allowed officer class entry, but offered nothing to the ordinary soldier. He said: "This is nothing less than an act of treachery." Campaigners and opposition politicians also accused the government of ignoring the high court judgment of 30 September 2008 that said the policy towards the former servicemen should reflect the "historic debt" owed them by the British people.
Joanna Lumley, whose father fought with the Gurkhas in Burma and who is now a leading supporter of their campaign, told BBC Radio 4's World at a programme that she was "ashamed" about the decision and said the government had a duty to honour the military covenant – the code saying that soldiers are entitled to "fair treatment" in returning for putting their lives at risk. The 2008 high court judgment specifically mentioned the military covenant and said that "rewarding long and distinguished service by the granting of residence in the country for which the service was performed would ... be a vindication and enhancement of this covenant". Nick Clegg, the Lib Dem leader, accused the government of "turning its back on brave and loyal soldiers". Damian Green, the Conservative shadow immigration minister, said the government was "trying to evade the effects of a very clear court judgment". Green added: "This is an insult to the Gurkhas. We have said all along that the government should not try to challenge the courts and they would have done better to listen."
General Sir Richard Dannatt, the chief of the general staff, said that the announcement reflected Britain's "extensive and ongoing commitment to the welfare of former Gurkhas". Phil Woolas, the immigration minister who made the announcement, said it had never been the government's plan to grant settlement rights to all retired Gurkhas. If that policy was adopted, there would be ‘a risk that up to 100,000 people could move to the UK’. "What we've done today is to allow even more people in without setting a precedent that would create a massive pressure in my view on the immigration service, which I don't think the public would want me to grant," he said. Lumley said only about 8,000 men would want to move to Britain. In fact, since the introduction of the 2004 policy, around 6,000 Gurkhas and their relatives have settled in the UK, according to the Home Office.
Pensions increase
On 20th March 2009, Parliamentary Under-Secretary at the Ministry of Defence, Kevan Jones, announced that with effect from 1 April 2009, there would be an increase in pensions paid through the Gurkha pension scheme of 14.1 per cent. In addition, there would be ‘significant increases’ of 20 per cent and more to some 1000 pensioners who are 80 years and over. This increase is in line with the tripartite agreement which established a linkage between Indian Army pensions and the Gurkhas pension scheme. Mr Jones pointed out that this means that the elderly will get an overall increase of at least 34 per cent on their pensions, a proportion of which will be backdated to January 2006.
There are some 26,500 Gurkha pensioners, most of whom live in Nepal. The pension scheme currently costs some £47 million a year; the approved increases will add around £7 million a year to that figure. It means that a rifleman with 15 years’ service who currently receives around £140 a month will get an extra £16. The MoD remarked that, at £173 a month, Gurkha pensions were the equivalent of a good professional salary in Nepal and that they were worth almost three times the Indian army equivalent. Representatives of the Gurkhas who have been pressing their case for years, pointed out that this increase was an inadequate increment and that it was time that the tripartite agreement of 1947, on which the British government’s pensions policy for the Gurkhas relied, was revised, to enable Gurkhas to receive pensions equivalent to the British soldiers alongside whom they had served for more than 60 years, often in extremely difficult and dangerous operations.
The issues of pensions and immigration rights will certainly not disappear. As regards the former, there will almost certainly be further cases brought before the High Court, and further controversy. As regards the latter, it seems likely after the defeat of the government’s proposals in the Commons, that pressure will be even greater now to extend the rights of ex-Gurkhas and their families to immigrate and settle in the UK. Those supporting full citizenship rights will be greatly encouraged. It seems that the Ministry of Defence, the Home Office and the government as a whole, are fighting a rearguard action but it is highly likely now that it will eventually fail and the Gurkhas will complete their well-deserved victory.
सन् १९६५/६६ देखिमात्र होटल, रेष्टुरेन्टमा काम गर्न नेपालीहरु बेलायत प्रवेश गरेको इतिहास छ । लन्डनमा स्थापित नेपाल किंगडम फाउन्डेशन र लन्डन बरो अफ क्यामडेनको संयोजकत्वमा १४५ ह्वीटफिल्ड स्टि्रट लन्डन डब्लु १ मा रहेको घरमा सन् १९६५ मा पहिलोपटक नेपालीहरु आई बसोवास गरेको भनी प्रमाणित गरी प्लाग राखिएको देख्न सकिन्छ । सन् १९७१ सम्म कुनै वाधा व्यवधानविना नेपाली लन्डन छिर्न सक्थे । तर, ७२/७३ पछि 'वर्क परमिट' पाउन गार्हो हुदै गयो ।
तत्कालीन समयमा भारतीय मालका रिजुमल भगवानानीले 'क्वालिटी इण्डियन रेष्टुरेन्ट' चलाएका थिए । त्यतिबेला क्वालिटीको वर्क परमिटमा लन्डन छिर्नेमा स्व. कृष्णबहादुर थापा र श्याम महर्जन थिए । त्यसपछि क्रमशः सोही रेष्टुरेन्टको वर्क परमिटमा लन्डन आउनेमा कालुराम तामाङ, रामदास महर्जन, हरिविभोर कार्की, मोहम्मद अली, म, पार्णदास मधिकर्मी र धनबहादुर मिली भयौं । सन् १९६७/ ६९ सम्म क्वालिटीमा काम गर्न आएका नेपालीहरु दशजना मात्र थिए । इलिङ्ग बरोका तत्कालीन मेयर उमेशचन्द्र जेपीले क्याटरिङ्ग व्यसायमा काम गर्न आउने पहिला नेपालीलाई 'लन्डन बरो अफ इलिङ्ग' को प्रमाणपत्र प्रदान गरि सम्मान गर्दा बेग्लै सान भएको थियो ।
क्वालिटी रेष्टुरेन्टको व्यापार वृद्धि हुंदै गएपछि त्यसका मालिकले नटराज इण्डियन रेष्टुरा खोले । नटराजको विधिवत उद्घाटन २२ अक्टोबर १९६९ मा गरिएको थियो । उद्घाटनका अवसरमा स्थानीय मिडियाले लन्डनमा पहिलोपटक नेपाली परिकारको स्वाद पस्कने नटराज इन्डियन रेष्टुरा भनी छाप्दा म म्यानेजिङ्ग पार्टनर भएको हैसियतले कम खुसी भइना ।
कृष्णबहादुर थापा क्वालिटीमा हेड सेफ भए पनि नटराज क्वालिटीकै शाखा भएको हुदा उनी त्यहा आएर हेरिदिन्थे । थापा र उनका सहयोगी कालुराम तामाङकै सल्लाहमा नेपालको प्रसिद्ध परिकार मःमः र आलु अचार मेनुमा राखेपछि रेष्टुरेन्ट खुब चल्यो । त्यहा काम गर्ने ९० प्रतिशत नेपाली थिए ।
भगवानानीमाथि एकपछि अर्को धक्का लाग्नु र अस्वस् थ पनि भएपछि सन् १९७५ मा एकलौटी स्वामित्वमा मैले नटराज किनें ।
५० हजार पाउण्डमा नटराज इण्डियन किनेर मैले 'नटराज नेपाली रेष्टुरा' बनाए । मेनुमा पनि मम, चिकन, छ्वेला, मटन छ्वेला, आलु तामा, गुन्द्रुक सुप, आलु अचार थपें । त्यो रेष्टुरेन्ट किन्दा बारक्लेज बैंकले ४० हजार पाउण्ड ऋण दिएको थियो । लन्डनको मुटु चार्लोटस्टि्रटमा अवस्थित नटराजमा को पो गएनन् ? सर्वमान्य नेता गणेशमान सिंहदेखि तत्कालीन प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराई लगायत थुप्रै डाक्टर, इञ्जिनियरहरुले नटराजको असली स्वाद चाखेका छन् । देउवा सन् १९८० मा पढ्न आउदा नटराजकै माथिल्लो तलामा बस्थे । त्यतिबेला विद्यार्थी र ठिक्कै हैसियतका देउवालाई गास बास निःशुल्क दिएको थिए मैले । तर, बाहिरी हल्ला जस्तो उनले मेरोमा भाडा माझ्ने काम भने गरेका होइनन् है !
पहिलोपटक नटराज रेष्टुरेन्टमा तत्कालीन अधिराजकुमार बसुन्धरा र त्यसपछि तत्कालीन अधिराजकुमार धीरेन्द्र आफ्नी पत्नी प्रेक्षाका साथ आएका थिए । सन् १९८३ मा ऐश्वर्या र दीपेन्द्र पनि आए । सन् १९८५ अक्टोबर ८ का दिन नटराजमा ज्ञानेन्द्र र कोमलको सवारी भयो । तत्कालीन अधिराजकुमार निराजन, पारस र दीपेन्द्रहरु विद्यार्थी कालमा मःमः खान मेरैमा आउथे । बेलायती राजपरिवारका सदस्यहरुका साथै ड्युक अफ एडिनवरा, डायना पनि नटराजमा छिरेकी थिइन् । हाउस अफ कमन्स्का स्पिकर, परराष्ट्र अधिकारीहरु, उच्च कुटनीतिज्ञ, सांसदहरुलाई समेत नेपाली स्वाद चखाइसकेको छु ।
सन् १९७२ देखि २००० सम्म नटराजले नेपाल बि्रटेन सोसाइटी मात्र होइन, हाउस् अफ कमन्स्मा समेत क्याटरिङ्ग गरेको थियो । यसबाट मैले १५ नेपालीलाई वर्क परमिटमा झिकाए । एक्लै भएपछि रेष्टुरेन्ट चलाउन नसकेर यो व्यवसाय छोडेको पनि अहिले दश वर्ष भइसकेछ । म यसबाट टाढिए पनि नया पुस्ता झन् सक्रिय हुंदा खुसी लाग्छ ।
('स्मृतिका पानाहरु' कृतिका लेखक मानन्धरसाग कुराकानीमा आधारित)
बेलायतको बसाई, गोर्खालीको कथा, त्यसमाथि रोकिएका “सेवा र सुविधा”का पक्षमा गर्नुपरेको लडाई। एउटा इतिहासमा गरिबीबाट मुक्त हुने सपना साँचेर अघि बढेको लाहुरेको कथा हो यो। यी
लाहुरेको नाम हो कृष्ण कुमार राई। भोजपुर साङ्पाङ् गाविस वार्ड नं. ८ मा जन्मनुभएका राई भूतपूर्व बेलायती सेना हुनुहुन्छ। मध्यम वर्गिय परिवारमा जन्मनुभएका राईले एसएलसीसम्मको अध्ययन भोरपुर कै दिङ्लाबाट सकेर भोजपुर
सदरमुकाममा आइए तहको अध्ययनमा लाग्नुभयो। त्यसै बखत वि.सं. २०३६ साल अर्थात सन् १९७९ मा साथीभाईहरुमा आएको लाहुरे जीवनको मोहसँगै उहाँमा पनि लाहुरे हुने रहर पलायो। र त
गाउँमा जाने गल्लाको नापजाँचका लागि सामेल भई गल्लाले छनौट गरेपछि सोही वर्ष धरानबाट छनौट भइ पूर्वी नेपालको धरानबाटै बेलायती सेनाका लागि योग्य ठहरिनुभयो उहाँ। १५/२० दिन धरानको घोपाक्याम्पमा सलोट हान्नेजस्ता साधारण अभ्यास गरेपछि उहाँलाई हङ्कङ्को सेकङ्मा नौ महिना तालिम गराइयो। तालिम पुरा गरेपश्चात उहाँसँगै भर्ती भएका गोरखालीहरु
इन्टेक ७९ को 10 GR मा राखियो। 10 GR मा कार्यरत हुदाँ एक्टिभ वटालियनका रुपमा रिफ्रेस तालिम गर्न वटालियनका अरु साथीहरुसँगै १९८० मा ब्रुनाई पुग्नुभयो उहाँ। ६ महिनाको सो
तालिममा सहभागी हुँदा उहाँलाई जीवनकै ठूलो निराशा लागेको थियो रे। परिवारमा एक्लो छोरो, दुःख नगरेको व्यक्ति र नेपालमा नै पढेर केही गरुँ भन्ने मानसिकता भएकोले त्यस्तो महसुस भएको
उहाँ बताउनुहुन्छ। तर साथीहरुको भनाई र पैसाको आशामा हङकङ ब्रुनाई पुगेका कारण काम छोडीहाल्ने कुरा पनि भएन। गोली हान्ने लडाईको तयारी गर्ने तालिममा सहभागी भैरहँदा दर्दनाक
पीडाको अनुभूति भएपनि काममा दखल पार्न नसकेको कुरा सुनाउने उहाँ कामका बखत राति साथीहरुबीच रुँदै कुरा गरेका दिनहरु अहिले पनि ताजै छन् भन्नुहुन्छ । तालिम अवधि दुःखकासाथ सकिएपछि आफ्नो आर्मी क्यरियरको सुरुवात भयो र प्रमोसनका कोर्स गर्दै गए पश्चात सन् १९८३ मा लेन्सकपुल दर्जा पाउन सफल भनुभयो उहाँ। कर्तव्य पालन गर्ने शिलशिलामा सन् १९८४ को जुन महिनामा ग्रिनेडामा युद्ध सुरु भएको बेला सो युद्धमा जान एयरपोर्ट गएर प्लेन चढेर उड्न तयार रहँदा घरको यादले दुखित भएको सुनाउनुहुने राई
उड्न लाग्दा पल्टनका कमाण्डिङ अफिसर Lt.Col MT cook ले ग्रीनेडा अमेरिकाले लिइसकेको र जान नपर्ने भएपछि दुई हप्ता सवैलाई विदा दिएको कुरा सुने पछि जीवनको दोस्रो खुसिको क्षण
बन्यो भन्नुहुन्छ। दुई हप्ताको विदामा मेक्सिको च्यातेमाला लगायतका ठाउँमा घुम्दै विदा सकिए पश्चात पुन वेल्जियमबाट यूके फर्केपछि जर्मनको Airborn Brigade मा जर्मन, यूके, अमेरिका,
क्यानडा लगायतका सेनासँग तालिम लिने अवसर पाउनुभयो उहाँले। साढे एक वर्ष जर्मन वसे पश्चात उहाँको स्वास्थ्यमा केही खरावी उत्पन्न भयो। त्यतिबेला हङकङमा आई हेर्डक्वार्टरको कम्पनीमा मेडिकल सेक्सनमा सात वर्ष काम गर्नुभयो उहाँले। एक तह पदोन्नति
भएपछि उहाँले वेलायती सेनामा साढे १३ वर्ष काम गरेर सन १९९२ मा विदा पाउनुभएको थियो। बेलायती सेनामा साढे १३ वर्ष काम गरेपछि रिटायर्ड भएर नेपाल पुगे पछि उहाँले गोरखालीको पक्षमा
कार्य गर्ने चासो बोक्नुभयो। सन् १९४५ को मध्यतिर गोरखालीको पक्षमा काम गर्ने पदमबहादुर गुरुङसंग भेट भएपछि उहाँले पनि गेसोको केन्द्रीय समितिलाई सहयोग गर्न थाल्नुभएको थियो। वि.सं.
२०५३ साल कार्त्तिक १ गतेको केन्द्रीय समितिबाट सचिव पदमा रहेर काम गर्नुभएका उहाँ गोरखालीको पक्षमा वेलायती सरकारले गरेको भेदभाव तोड्न खुलेर लाग्नुभयो। बेलायती सेनामा कार्यरत गोरखालीहरुको पक्षमा देशभित्र र बेलायतमा समर्थन जुटाउन निरन्तर लाग्नुभएका राई वेलायती सरकारलाई दवाव दिन नेतृत्वदायी भूमिका खेलिरहनुभएको छ अहिले पनि।
हाल उहाँ गेसोको केन्द्रीय उपसभापति रहेर काम गरिरहनुभएको छ। वेलायती सरकारलाई विपक्ष बनाएर गोरखाली र वेलायतीले पाउने समान सेवा, सुविधा र आवासीय भिषाको मुद्दामा लड्नुभएका
उहाँ गोरखालीहरुको सम्मान हुनुपर्ने बताउनुहुन्छ।
काठमाडौं / बानेश्वर, काठमाडौंकी चाँदनी गुरुङ बेलायत जानका लागि आइएलटीएस गर्दैछिन् । एक बर्ष अघिदेखि वेलायत जाने सोँचमा रहेकी चाँदनीले बेलायत सरकारको नयाँ नियम ल्याएपछि बिचैमा वेलायत जाने मन मारेकी थिइन् । तर अहिले पुन वेलायत जानका लागि सहज अवस्था आएपछि आफ्नो इच्छा पुरा हुन लागेको उनले बताईन् । 'केही समय अगाडि कन्सल्टेन्सीले भिषा लाग्ने सम्भावना छैन भन्यो म पनि जान चाहीन, तर अहिले सहज भएकोले जाने तयारीमा लागेकी छु' उनले भनिन् । गत अपि्रल १ पछि बेलायती सरकारले विद्यार्थीहरुका लागि सहज वातावरण बनाएपछि बिद्यार्थीहरु बेलायत जान आकषिर्त बन्दै गएका छन् । बेलायत पढ्न जान चाहाने चाँदनी गुरुङ् मात्र होइन उनी जस्ता धेरैको संख्या दिन प्रतिदिन बढिरहेको छ । बानेश्वरस्थित अमेरिकन कन्सल्टेन्सीका काउन्सिलर प्रविण शर्माका अनुसार अहिले वेलायत जाने बिद्यार्धी ह्वात्तै बढेका छन् । शर्मा भन्छन् -'हाम्रो १० वटा शाखाबाट ४ सय भन्दा बढी संख्यामा बेलायत पढ्न जान चाहाने बिद्यार्थीको लहर छ ।' केही समय अगाडिसम्म्ा कडा नियम भएका कारण धेरैको भिषा नलागेको र अपि्रल १ देखि बेलायती सरकारले ल्याएको नयां पोलिसीले हाल ७० देखि ८० प्रतिशतसम्म बिद्यार्थीको भिषा लाग्ने गरेको उनले बताए ।
उच्च शिक्षा हासिल गर्न वेलायत जाने विद्यार्थीहरुको संख्यामा अहिले तीव्र बृद्धि भएको छ । बानेश्वरकै आइस्टाइन कन्सलटेन्सीका मेनेजर विरेन्द्र श्रेष्ठ भन्छन् 'भिसा लाग्ने सम्भावना आजभोलि अत्याधिक भएकाले विद्यार्थीहरुको वेलायत जाने आकर्षण बढिरहेको छ ।' आइन्सटाइन कन्सलटेन्सीमा हाल वेलायत जान आइएलटीएस दिने तयारी गरिरहेका विद्यार्थीहरुको संख्या पनि उच्च छ । मेनेजर श्रेष्ठका अनुसार तत्कालै वेलायत जान तयारी गरिरहेका विद्यार्थीहरुको संख्या ८० छ । उच्च शिक्षा हासिल गर्न बाहिर जान चाहने विद्यार्थीको संख्या दिनप्रतिदिन बढिरहेको उनको भनाई छ । यसमा पनि अपि्रल १ पछि धेरैजसो विद्यार्थीको प्रमुख आकर्षण बेलायत बनिरहेको उनी बताउँछन् ।
यसअघिसम्म अष्ट्रेलिया र अमेरीकामा जोड दिने कन्सल्टेन्सीहरु अहिले वेलायतका लागि बिद्यार्थिलाई जोड दिने गरेका छन् । वेलायतकै लागि बिद्यार्थीलाई बाटो देखाउँदै आएको भर्सटाइल एजुकेशन सेन्टरका लक्षमण खनाल पछिल्लो समयमा वेलायतका लागि विद्यार्थीलाई सहजता भएको बताउँछन् । खनाल भन्छन् 'अपि्रल १ तारिखपछि हाम्रो सेन्टरबाट ४ सय ९० महिलाहरु र सोही अनुपातमा पुरुषहरु गएका छन् ।' महिलाहरुका लागि नर्सिङ र पुरुषका लागि साइन्स पढेको विद्यार्थीलाई बढी भिसा लाग्ने गरेको उनको भनाई छ । खनालका अनुसार सो एजुकेशन सेन्टरले भने बेलायतमा मात्र विद्यार्थी पठाउने गर्छ । यसै सेन्टरबाट बेलायत जानका लागि भिसा लगाएकी विपना केसी अहिले निकै खुसी छीन् । उनी भन्छिन् 'नर्सिङ पढ्नका लागि वेलायत जाँदैछु, त्यहाँ गएपछि पढाइसँगै काम पनि गर्नुपर्छ नत्र हामीले खर्च कसरी पुर्याउने ?'
बेलायत पढ्न जान न्यूनतम खर्च नेपाली ४ लाख देखि ६ लाखसम्म लाग्ने बताउँछन् बेलायत जान लागेका पुतलीसडकका अनिल पाण्डे । उनी भन्छन् 'कन्सलटेन्सी र आफूले अध्ययन गर्न जाने विश्वविद्यालयअनुसार खर्च लाग्छ ।' भर्सटाइल एजुकेशन सेन्टरका लक्षमण खनाल पनि ६ लाख रुपैंयाले १ वर्षसम्मको कलेज शुल्क र १ महिना छात्रावास बस्न पुग्ने बताउँछन् ।
साधारणतया ४ लाखदेखि ८ लाखसम्म बेलायत जान लाग्ने खर्च बाहेक नेपालमा आफ्नो खातामा १६ लाखदेखि २० लाख ब्यालेन्स हुनुपर्ने नियम छ । आफ्नो प्राइभेट खातामा भएको व्यालेन्सले पनि भिसा लाग्ने सम्भावना कम र बढी रहेको बताउँछन् आइनस्टाइन कन्सलटेन्सीका मेनेजर विरेन्द्र श्रेष्ठ । उनी भन्छन् -'१० प्रतिशत भिषा लाग्ने सम्भावना भनेको बैंक ब्यालेन्समा आˆनो रकम बढी देखाउनु पनि हो ।'
केही समय अगाडिसम्म बेलायती सरकारको कडा नियमले गर्दा बेलायत पढ्न जाने बिद्यार्थीको संख्या घटेको थियो । तर पछिल्लो समयमा बेलायत जाने बिद्यार्थीको संख्या हृवात्तै बढेको छ । पहिला बेलायत पढ्नका लागि सजिलै भिषा लाग्ने गरेको भएपनि बीचमा धेरै गाह्रो थियो । हाल पुन सहज वातावरण भएकोले ८० प्रतिशत बिद्यार्थीले भिषा पाउने गरेको बताउँछन् कन्सलटेन्सी सन्चालकहरु । मुलुकमा पछिल्लो समयमा बिभिन्न देशहरुमा गएर उच्चशिक्षा हासिल गर्नु भन्दा पनि बिद्यार्थी भिषा लिएर उतै रोजगार गरेर बस्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । अरु देशहरुमा भन्दा बेलायतमा गएपछि बिद्यार्थीहरुले ब्यवस्थित रोजगारको अवसर पाउने हुँदा धेरैजसो बिद्यार्थीहरु बेलायतप्रति आकषिर्त हुने गरेको बताइएको छ ।
Monday 22 June 2009
भाग – १
(वैशाख १३
(१) आन्दोलनको आगो
राजाको शासनमा
मानिसका मुखका पखेटा काटिए
सम्वेदना र भावना मुक्त भएर उड्न नहुने भयो
दु:ख सुखका कुरा चौतारीतिर सुनाउँनु मनाही भयो
मनका कुरा बोल्दा राजाको कानुनका कान ठाडा भए
तर मानिस भित्रका आवेगले ज्वालामुखीको सिम्फोनी रचे
र टायरहरूका चितामा जनताले दन्दनी आगो दन्काएको देख्दा
लग्थ्यो, दन्किँदो चितामा निरिह श्रीपेचलाई पोलिसकेकाछन्
राजाको शासनमा पँधेरा जाने बाटोलाई
हिँड्न निषेधित क्षेत्र भनि तोक लाग्यो
मानौँ बेसरम राजा त्यहाँ नाङ्गै नुहाईरहेको होस्
तर खुट्टाहरूले त जानेकै हिँडनु मात्र हो
हिँड्न निषेध भनेको बाटो हिँड्न झन मज्जा लाग्छ
र त मज्जा मान्दै जनताका महान पाइतालाहरू
निषेधित क्षेत्रको छाती टेक्दै बढेको देख्दा
लग्थ्यो, राजाको छाती कुल्चँदै जनताका पयरहरू
राजा बिनाको नयाँ नेपालतिर लम्कि सकेकाछन्
राजाको शासनमा
चुली चुचुरीमा घाम नलाग्दै शहरमा कर्फ्यु लाग्यो
विहानै लाग्यो, दिनभरि लाग्यो, रातभरि लाग्यो
उपत्यका र मोफसलमा लाग्यो
चोक-चोक र गल्ली-गल्लीमा लाग्यो
राजाको शासनमा घर-घरलाई कर्फ्युले जेल बनायो
हो, युगौँदेखि स्वाँठ राजाहरु कर्फ्यु लगाउँदै आएकाछन्
तर जनता कर्फ्युसँगै दरवारको ख्मबाहरू भत्काउँदै आएकाछन्
यसपल्ट फेरि दशैतिरबाट उर्लिएका जनताले
कर्फ्युको करङ तोडेर अघि बढेको देख्दा
लग्थ्यो, राजतन्त्रको हातखुट्टा र गर्धन तोडेर
जनता जनगणतन्त्र नेपालतिर बढी सकेकाछन् ।
आपनो जीवनको ३९ औं वसन्त वा इ.१९२७ मा बेलायती नागरिकता वरण गरेका आधुनिक कवि टीएस एलियटले आपनो कविता 'द वेस्ट ल्यान्ड' (इ.१९२२) मा "लन्डन व्रिज इज् फलिङ डाउन..." (लन्डन साँघु ढलिरहेछ) भन्दै आधुनिक बेलायती सभ्यताको क्षयीकरणबारे बेजोडको विम्ब प्रयोग गरेका छन् । मैले भने यो ढलिरहेको विम्ब साँघुमाथि नेपालका भूमिपुत्र प्रेमहाङ फ्याक (तल तस्वीरमा बीच) को प्रतिविम्बै प्रतिबिम्ब देखेँ ।
यसरी उनको प्रतिविम्ब देखेको दिन नव वर्ष ०९ को जनवरी २ तारिखको साँझ थियो । यो मौका कसरी मिल्यो भने मैले मेरो शैक्षिक भ्रमण तालिकामा राखेको तीन शिक्षाधामहरू अक्सफोर्ड र केम्ब्रिजसँगै सोयाज, लन्डन विश्वविद्यालय पनि थियो । दैवसंयोग यही विश्वविद्यालयको शिक्षाशास्त्र संकायमा पेडगोजी/शिक्षणशास्त्रमा मार्स्र्टस सेन्टिनरी छात्रवृत्तिको सहाराले पल्लो किराँतको किराँती-याक्थुङ प्रेमहाङ गत वर्षको फल सेमेष्टरदेखि यहाँ अध्ययनरत थिए । ०८ को ३१ तारेखमा किरणकवि किराँती-कोँइच 'फुर्कुन' सँग केम्ब्रिजको भ्रमणबाट क्रिप्ली रोड-१२, फार्नबरामा साँझ ८ उसो फिरेलगत्तै मेरो म्याक नोटबाट उनीसँग इन्टरनेटमा सम्पर्क भयो ।
तुरुन्तै मैले उही साउथ हारोवासी शिक्षार्थी प्रेमहाङलाई च्याट मेसेजमा पर्सी सोयाजको पथप्रदर्शक बनिदिने प्रस्ताव टाइप गरेँ । आपनो स्प्रिङ सेमेष्टरको भीषण तयारीमा मग्न रहे पनि मेरो प्रस्तावलाई उनले नाइँनास्ती नगरी स्वीकारे । हुन त यो वर्षको क्रिस्मस र नयाँ सालको समेत गरी २३ डिसेम्बरदेखि ०९ सालको जनवरी ५ सम्मै प्रायः शैक्षिक संस्थाहरुमा पठनपाठन खुली सकेको थिएन । र पनि उनको यो स्प्रिङ सेमेष्टरको तयारीमा विशेष भव्यताका साथ जुट्नु नै पथ्र्यो । ३ तारिख शनिवारको निम्तो पनि मैले लाइपचिस सहर, डोएचलान्डबाटै हप्तौं अघि पठाइ सकेको थिएँ । फेरि यता किरणकवि 'फुर्कुन' पनि फार्नबरामा ३ तारिखको नेपाल एकता गोष्ठीको तयारीमा जुट्नुपर्ने भएकोले अक्सफोर्ड र केम्ब्रिजपछिको सहभ्रमणलाई निरन्तरता दिन सक्ने स्थितिमा थिएनन् ।
भोलिपल्ट इशा पात्रो अनुसार नयाँ बर्ष । सारा लन्डन नै रातको ठ्याक्कै १२ बजेको समयलाई अति व्यग्रताका साथ पर्खिरहेको थियो । आ-आफ्नो समयसितै संसारभरिका विभिन्न राजधानी सहरहरुमा ०९ सालको भव्य स्वागतको प्रशारण टीभीले गरिरहेको थियो । म पहाड र काठमान्डूमा यतातिर खास चासो नराख्ने मान्छे । तथापि मैले यो रात १ बजेसम्मै बसेर सेन्ट्रल लन्डनको कठ्याङ्ग्रिदो रातमा पनि प्रायः अर्धनग्न भीड र आतसवाजीलाई टीभीको पर्दामा हेरेँ । हेर्दाहेर्दै करोडौं पाउन्डको यो आतसवाजी एक घन्टासम्मै पड्केर ०८ साल विदा भयो । मैले पर्सिपल्टका लागि सपना बुन्दै ०९ को नयाँ विहानी-रात तताएँ । उँधो लाइपचिस सहरमा पनि एनिमोन आमा-छोरीले यही समय छेको विस्तरा तताएछन् ।
पर्सी त जनवरी २ । युवा शिक्षार्थी प्रेमहाङले सोयाज घुमाउने दिन । विहान ७.१६ फार्नबराबाट रेल चढेर ८.८ बजे वाटरलु पुग्नु पर्ने । उनै प्रेमहाङले दिएको भेट्ने विन्दु भनेको रसेल स्क्वायर । नक्सादेखि लिएर रेलरुटसम्म कवि 'फुर्कुन' ले नै व्यवस्था गरीदिए । वाटरलुबाट ब्लु लाइन याने पिकाडिली लाइन चढेर लाइसेस्टर स्क्वायरमा अर्को ट्युब टे्रन चढेरपछि मात्रै उनले दिएको विन्दु रसेल स्क्वायर पुगिन्छ । 'फुर्कुन' र म सवेरै स्टेसनमा पुग्यौं । तोकिएकै समयमा रेलले वाटरलु उतार्यो । यो ऐतिहासिक नाम पाएको वाटरलुलाई मैले एक कर्के नजर मात्रै लाउन भ्याएँ । किनभने ट्युब पिकाडिली लाइन समात्नु पर्ने थियो र ट्याक्क जीएमटीमा नै त्यो विन्दुमा पुग्नु पर्ने चेतनाले मलाई पिरोलेको थियो ।
तथापि एक झिमिक्मै सम्झनु पर्दा १८ जून १८१५ रविवारको दिन वाटरलु, बेल्जियममा ड्युक अव् वेलिङटनको एङलो-संयुक्त र गेब्हार्ड ब्लुसरको प्रुसियन सेना मिलाएर ७ मिलेमतो सेनासँग नेपोलिएन बोनापार्ट र माइकेल नेइको सेना वीच लडिएको यो युद्घले बोनापार्ट पक्षलाई धुलो चटाएको थियो । बोनापार्टको यो हारसँगै युरोपमा फ्रान्सेली साम्राज्यवादको अन्त्य भएको हो । यही समयको सेरोफेरो इ.१८१४ देखि १६ सम्म हाम्रा भूमिपुत्रहरूबेलायती साम्राज्यवादसँग २ वर्षसम्म सीमा रक्षाखातिर नालापानीमा लडीरहेका थिए । यो ऐतिहासिक नाम पाएको वाटरलु स्टेसनलाई मैले कर्के नजरमै चित्त बुझाउनुको अर्को विकल्प थिएन ।
लाइसेस्टर स्क्वायरमा पहिलो छाडी दोस्रो ट्युब ट्रेन हुँदै जमिनमाथि निस्कँदा जीएमटी ८.३० मा म रसेल स्क्वायर पुगिहालेँ । पहाडमा मैले पहरे भीरको गौंथली ढुङगाको सुरुङ बाहेक यति विधी सुरुङ रेलमार्गमा यात्रा गरेको यो नै पहिलो चोटी थियो । तर त्यहाँ मेरा पथप्रदर्शक नदेख्दा म केही क्षण अवाक् भएँ । विगबेनले ९ ठोक्न आँटीसकेको थियो । भुलेछन् कि क्या हो भन्ने मनमा चिसो पसेकोले सटकपारिपट्टीको टेलिफोन बुथमा छिरेर २ पाउन्डको ढ्याके छिराउँदै साउथ हारोमा आधा मिनेट मात्रै बोलेको के थिएँ; बुथले २ पाउन्ड नै पचायो । एक पेन्स पनि फिर्ता गरेन ।
ठ्याक्कै यही क्षणमा मेरा यी पथप्रदर्शक रसेल स्क्वायरमा झुल्किए । रुटअनुसार यात्रा गर्न नपाएकोले ढिला भएको रहेछ । एक अर्कामा सेवारो वा सेउ ठोकेपछि हाम्रो सोयाज, लन्डन विश्वविद्यालयको यात्रा अघि बढ्यो । उनी भट्भटाउँदै अघि लागे म पछ्याउँदै गएँ । उनले सबै भन्दा पहिले उनकै शिक्षा संकायमा पुर्याए । इ.१८३६ मा स्थापित यो विश्वविद्यालय १९ विभिन्न संकायहरूतथा १२ अनुसन्धान संकाय भएको ३१ वटा मान्यताप्राप्त शैक्षिक संस्थाहरुको एक संघीय मेगाविश्द्यालय हो भने यसका १६० भवनहरू छन् । यो ब्लुम्सबरी जिल्लाको केन्द्रीय लन्डनमा रसेल स्क्वायर ट्युव स्टेसन नजिकै अवस्थित छ । यी तमाम संकायहरुमध्ये स्कुल अव् ओरिएन्टल यान्ड अफ्रिकन स्टडिज (सोयाज) पनि एक हो । हामी एसिया महादेशका अध्येताहरुका लागि र विशेष गरेर साउथ एसियामा नेपालकोलागि यसको विशेष महत्व छ र शिक्षाधाम नै हो । किनभने भिक्टोरियन युगको व्रिटिश रेजिडेन्ट वीएच हज्सनले हाम्रो देश र आसपासबाट लगभग ५ हजार पोका कागजातहरूयतातिर ल्याई थन्काएका छन् ।
यहाँबाट हाम्रा पदचापहरूएउस्टन रोडमा अवस्थित बेलायती राष्ट्रिय पुस्तकालयतिर लम्के; जहाँ प्रवेशद्वारमै कलाकार पाओलोजीले कुँदेको प्रसिद्घ वैज्ञानिक सर आइज्याक न्युटनको प्रयोगशालामा व्यस्त पित्तलमूर्ति राखिएको रहेछ । इ.१९७३ सम्म बेलायती संग्राहलयकै अभिन्न भागको रुपमा रहेको यो पुस्तकालयको नारा नै यहाँ 'संसारको ज्ञान खोज' छ । हुन पनि लाइब्रेरी अव् कङग्रेसपछिको दोस्रो स्थानमा रहेको यो पुस्तकालयमा १४ मिलिएन किताब, ९ लाख २० हजार जर्नल र पत्रपत्रिका, ५८ मिलिएन प्याटेन्ट साथै ३ मिलिएन रेकर्डिङ मौजूद छन् । अचम्मकै कुराचाहिँ के हो भने यसको वार्षिक बजेट नै १० करोड पाउन्ड रहेछ । वाफ् रे ! ज्ञानको मूल्य र यसको खातिर लगानी सम्झेर मेरो मन पानीपानी भयो । उता कीर्तिपुरको केन्द्रीय पुस्तकालय सम्झेर मनभित्र यसै बैराग चल्यो ।
जे जसो भए पनि पाइला अघि बढाउनु नै पर्ने थियो फेरि बेलायती सङ्ग्राहलयतिर । ग्रेट रसेल स्टि्रटमा पूरा ५४,६०० स्क्वायर मिटरमा फैलिएको यस संग्राहलयमा ७ मिलिएन चीजहरूसंग्रहित छन् । यसमा जम्मा ९४ वटा ग्यालरीहरूछन् । यसको श्रीगणेश भने वैज्ञानिक तथा भौतिकशास्त्री सर हान्स स्लोआनको व्यक्तिगत संग्रहबाट भएको हो । यहाँभित्र पसे वित्तिकै मैले डा.चैतन्य मेन्याङबो-सुब्बाले आजजा महासंघमा सुनाउनुभएको अनुभव सम्झेँ । भन्नुहुन्थ्यो, "संसारको पहाडै लगेर राख्या छन्" । साँच्चै उहाँ सत्य सावित हुनुभयो । संसार मानवविज्ञानदेखि लिएर सँस्कृति आदि विषयहरुकोलागि यो अत्यन्तै पवित्र मेक्का नै हो रहेछ ।
यो जीवन र ज्ञान मेक्कादेखि हामी उही वौद्घकि कवि एलियटको विम्ब "ढलिरहेको लन्डन व्रिज" तर्फ टेम्ज नदीको जीउ नै कक्र्याउने वायुको दिशा पछ्याउँदै फटाफट अघि हुत्तियौं । नभन्दै मिनेटौंको दगुराइमा हामी टेम्जको किनारामा निस्कियौं लन्डन व्रिज नगिचतिर । मैले देख्दा नालापानीदेखि लगभग २०० वर्षसम्मको नेपाल-व्रिटेन सम्वन्धको इतिहासभरि नै पहिलो पल्ट सेन्टिनरी छात्रवृत्तिले विभुषित यिनी भूमिपुत्रलाई क्यानोन क्यामेराको स्कि्रिनमा लाखौंचोटी कविको विम्ब लन्डन साँघुमाथि नै प्रतिविम्वित भएको पाएँ । र निमेषमै हामीले साउथ हारोतिर कुलेलम ठोक्यौँ ।
पोष्ट-डक रिर्सच फेलो, लाइपचिस विश्वविद्यालय, जर्मनीkiranti.rapachalal@gmail.com
बेलायतमा नर्सहरुलाई सम्मान छः हिमा
हिमा थपलिया (सिनियर नर्स) नर्थवेष्ट लन्डन एनएचएस ट्रष्टमा विगत ५ वर्षदेखि कार्यरत छिन् । नर्सिङमा १२ वर्षभन्दा बढी अनुभव बटुलिसकेकी हिमाको 'स्पेसलाइज्ड एरिया' हो- कार्डियोलोजी । सात समुद्रपार आएर पनि त्यो संवेदनशील क्षेत्रमा यति सफलता चुम्ने थोरै नेपाली मध्ये पर्छिन् हिमा ।
सन् २००३ मा बेलायत प्रवेश गरेपछि शुरुमा कार्डियोलोजी र त्यसपछि कार्डियाक्ट क्याथेटर ल्यावमा गहन जिम्मेवारी लिइरहेकी उनी बेलायत आउनुअघि नेपालमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र नेपाल मेडिकल कलेजमा कार्यरत थिइन्, कार्डियोलोजीमै ।
गोर्खा जौबारी लाङ्दीमा श्रावण २२ मा जन्मिएकी 'वोल्ड नर्स' हिमासंग युरोपको नेपालीपत्रले नर्सिङ र अन्य विविध विषयमा गरेको कुराकानी यस्तो छः
कहिलेदेखि लाग्नुभयो नर्सिङमा ?
अं...सन् १९९७ देखि । समय वितेको थाहै नहुने रहेछ ।
केले प्रेरित गर्यो नर्स बन्न ?
चारवर्ष हुँदा म खुब विरामी भएर गोर्खाकै एउटा हस्पिटलमा भर्ना भएको थिएँ । उपचारका क्रममा एउटा विदेशी नर्सले मलाई त्यतिखेर गरेको व्यवहारले साँच्चिकै प्रभावित भएँ- पछि म यस्तै बन्छु भनेर । उसको बोली पनि साह्रै मिठो । वालसुलभ सपना अहिले साकार भयो ।
नर्स नभएको भए ?
सायद म खेलाडी हुन्थें होला । स्कुल छँदा म पढाइमा कहिल्यै दोस्रो भइन्, अनि खेल प्रतियोगितामा पनि । एथलेटिक्स्, भलिवलदेखि लङ/हाई जम्प, सटफुटसम्म म पहिला हुन्थें ।
नर्सिङ भन्या खासमा के हो ?
विरामीको रेखदेख, औषधि उपलब्ध गराउने नै बुझिन्छ सामान्य भाषामा । आफू 'असक्त' छु भन्ने मानसिकतामा रहेका विरामीलाई सान्त्वना दिनु र सकारात्मक सोच दिने काम पनि नर्सकै हुन्छ । एउटा आमा जस्तो भएर काम गर्नुपर्छ ।
तपाईंका जिम्मेवारी के के छन् ?
विरामीको रेखदेख त छँदैछ, त्यो बाहेक एन्जियोग्राम, एन्जियो प्लाष्टिक, पेस मेकर, इसिजी, कार्डियोभर्जन सबै गर्नुपर्छ । मुटु सर्जरी गर्न जाने विरामीका लागि प्रि/पोष्ट रिहाविलेसन (खाना, कसरत आदिबारे सचेतता) को जिम्मा पनि काँधमा छ ।
दिनमा झण्डै १५ जना विरामीसंग 'डिल' गर्ने तपाईंको हालसम्म हजारौं विरामीसँग भेट भयो होला । अविष्मरणीय क्षण केही छन् ?
खासै नराम्रो अनुभव छैन् । डिल त 'मेन्टल' वा अन्य जो विरामी संग पनि हुन सक्छ । तर, विरामी हो भन्ने हिसावले 'टि्रट' गर्दा सानोतिनो प्रशंसा वा गाली वास्तै हुन्न । बरु शुरु शुरुका वर्ष अलिक आत्मविश्वास हुन्थेन, नयाँ ठाउँ, नयाँ परिवेश ।
तपाईं मुटु क्षेत्रमा काम गर्ने मान्छे, 'हार्ट अट्याक्ट' हुने कारण के होला खास ?
स्ट्रेस, वंशानुगत समस्या, मादक पदार्थ सेवन, चिल्लो पिरो खाना यसका प्रमुख कारण मानिएको छ । आर्टरी ब्लक वा मुटुमा ब्लड पास नभएपछि हार्ट अट्याक्ट हुन्छ । 'अक्सिजिनेट ब्लड' अभाव भएपछि टिस्यु ड्यामेज भएर रगत नै सञ्चार नभएपछि मानिसको जिवन अन्त्य हुन्छ ।
नर्सहरुका हकमा नेपाल र यहाँ के भिन्नता पाउनुभयो?
प्रविधि र नर्सहरुलाई हेर्ने दृष्टिकोण विल्कुल फरक छ । नेपालमा एक चरण घुमेर जाने डाक्टरहरुलाई सबै 'क्रेडिट' जान्छ तर यहाँ नर्सलाई सम्मान छ, क्षेत्राधिकार बढी छ । हो, कहिलेकाहीं 'ल्याङ्वेज व्यारियर' हुन सक्छ तर विश्वास दिलाउन सक्ने क्षमता राख्नुपर्छ ।
नेपाली नर्सहरुलाई बेलायतमा काम गर्ने वातावरण राम्रो छ भन्न खोज्नुभएको ?
हो, काम गर्ने वातावरण राम्रो छ । आप्रवासी नै भनेर भेदभाव हुन्न । नेपालमा 'क्वालिफाइड' नर्सहरु यहाँ पनि सक्षम हुन सक्छन् । खुवी हुनुपर्छ, अवसर बढी छ ।
डा. सावहरु नर्सलाई कत्तिको हेप्न खोज्छन् ?
त्यस्तो हुँदैन । नर्सबाट सुझाव, सल्लाह, लिने डाक्टरहरु पनि हुन्छन् ।
इच्छुक सबै नर्स बन्न सक्छन् ?
आफूमा 'प्यासन' पनि हुनुपर्यो नि ! अनि क्षमता पनि । नर्सिङमा मात्र होइन, खुवी त जहाँ जेमा पनि आवश्यक छ ।
नर्स कोमल हृदयका हुन्छन् भनिन्छ नि ?
त्यो त मान्छेको हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो नि । कोही बाहिर हेर्दा कठोर लाग्ने भित्र कोमल भावनाका हुन्छन्, कोही बाहिर कोमल देखिएपनि भित्र निर्दयी हुन सक्छन् ।
नर्सहरुको कमाई बताउन मिल्छ ?
मिल्छ, मैले थाहा पाएसम्म युकेमा वार्षिक २० देखि ८० हजार पाउण्डसम्म छ पारिश्रमिक ।
उसो भए कामबाट सन्तुष्ट हुनुहुन्छ तपाईं?
छु । तर, जिम्मेवारी धेरै हुन्छ, धेरै टेन्सन पनि छ यसमा ।
तपाईंहरु जस्ता सीप भएका व्यक्ति सबै विदेश पलायन भएपछि देशले के अपेक्षा गर्ने ?
सम्मान दिने, राम्रो 'पे' गर्ने हो भने हुर्के बढेको ठाउँ जान मन त हुन्छ नि सबैलाई । तर, हरेक कुरामा राजनीति छ । यतिसम्म कि स्वास्थ क्षेत्रमा समेत राजनीति ।
अब बेलायतमै बस्नुहुन्छ ? के छ भावी योजना ?
होइन....नेपाल जान्छु । भावी योजना भन्नाले नर्स नर्स नै हुन्छ, चाहे उसले पिएचडी गरोस् । यही क्षेत्रमा बढी दक्ष हुने योजना छ । वृद्धाश्रम खोल्ने इच्छा पनि छ ।
नर्सहरुलाई अध्ययन कत्तिको आवश्यक छ ?
अध्ययन त हरेक क्षेत्रमा आवश्यक छ नि । नर्सहरुले कतिपय कुरा आफैंले तयारी गर्नुपर्ने हुँदा अध्ययन त गरेकै हुनुपर्छ । म मेडिसिनबाहेकका अन्य साहित्यिक पुस्तक पनि खुब पढ्छु ।
बढी पढेको पुस्तक ?
'ब्याड थिङ्स ह्यापेन्स् टु गुड पिपुल' । खासमा जिन्दगी जिउनुको अर्थ के हो स्पष्ट छ यसमा । राम्रो चाहने मान्छेलाई झन् बढी खराब कुरा आइलाग्छन् भन्ने सार हो यसको ।
तपाईंको बुझाइमा जिन्दगी ?
'लाइफ इज नोथिङ' । केवल संघर्ष हो जीउनका लागि । जिन्दगी जिउने क्रममा मानिसहरु सबै स्वार्थका लागि दौडिरहेका छन् ।
तपाइँको अलिक 'रिजर्भ' बस्ने स्वभाव छ रे हो ?
वास्तवमा म कम बोल्छु तर 'फ्रेण्डली' छु । फेरि मान्छेको आआफ्नै बुझाई हुन्छ । कसैलाई एकदम राम्रो लाग्ने मान्छे अरुलाई नराम्रो लाग्न पनि सक्छ ।
तपाईं को व्यक्तिबाट प्रभावित हुनुहुन्छ ?
महामानव वीपी कोइरालाबाट । उहाँका साहित्यिक रचना र राजनीतिक सिद्धान्त प्रेरणादायी छन् ।
फरक प्रसंग ! तपाईं लाई प्रेम प्रस्ताव कति आए?
केटी भएपछि नआउने भन्ने होइन, तर त्यतातिर ध्यानै गएन ।
सिनेमा हेर्नुहुन्छ ?
हेर्दिन् । बरु सेन्टिमेन्टल गीत सुन्छु ।
जिन्दगीमा चाहेर पनि गर्न नसकेको कुरा ?
अहिलेसम्म सबै पुगिनै रहेको छ भगवानको कृपाले । तर, नेपालमा वृद्धाश्रम खोल्ने धोको चाहिं पुगिसकेको छैन ।
फूर्सदको क्षण ?
पुस्तक, आर्टिकल पढ्छु, स्विमिङ जान्छु । कहिलेकाहीं भोलेन्टियरी काम पनि गर्न जान्छु ।
तपाईंलाई पुरुषको के कुराले प्रभावित तुल्याउँछ ?
'विइङ अनेष्ट....' पुरुषप्रति केयर नै हुँदैन वास्तवमा ।
Views : 34