Thursday 25 June 2009



नयाँ नेपालको पहिचान - थालौं जनकल्याणकारी अभियान
-सुरेन्द्र श्रेष्ठ

गत बर्ष म र मिनू -श्रीमती) स्वीजरल्याण्ड गएका थियौं । त्यहाको विकटता भित्रको विकास देखेर बाटोमा हामीले थुपैं्र कुराहरु गर्‍यौं । हाम्रो स्वामित्वमा रहेको जग्गामा सामूहिक लगानी गर्ने र त्यसको उत्पादन त्यहीं काम गर्नेहरुको बीच बाडफाड गर्ने । त्यही अनुसार कुरा अगाडि बढायौं तर त्यहाँ थोरै लगानीले खासै ठुलो काम नहुने भयो । हाम्रो जग्गा भएको ठाउँ गाउँको माझमा पनि थिएन । त्यहीं बसेर व्यवसाय संचालन गर्न सम्भव पनि भएन । तर त्यो कुरा त्यहीं रोकिएन अहिले सिन्धुपाल्चोकमा सहकारीको रुपमा ठूलै कामहरु भैराखेको छ । एनआरएनको सम्मेलनमा नेपाल जाँदा १२ बर्ष पछाडि दशंैमा म चौतारा पुगें । पुराना साथीहरुसाग भेटघाट छलफल भयो । फेरि गाउँमा केही गर्ने सल्लाह भयो । साथीहरुले थालनी गरेको सहकारी ठूलो भएको भए पनि त्यसबाट उपलव्धि लिन धेरै समय कुर्न पर्ने भएको हुादा सानै रुपमा भए पनि एउटै ठाउँमा धेरै भन्दा धेरैको सहभागितामा छिट्टै उत्पादन गर्न सकिने ब्यवसाय गर्ने निर्णय गर्‍यौं । जसअनुसार सिन्धुपाल्चोक जिल्लाको सदरमुकामबाट ५ मिनेट दुरीमा पर्ने वडा नं ९ गैरी गाउँमा काम थालनी गर्ने निर्णय गर्‍यौं । करिब सय परिवारको बस्ती रहेको उक्त गाउँमा ९५ प्रतिशत तामाङहरु बसोवास गर्छन् । २००४ सालदेखि संचालन भएको ५ मिनेट टाढा पर्ने बिद्यालयबाट हालसम्म औंलामा गन्न सकिने मात्र एसएलसी उत्तिर्ण छन् । बहुसंख्यक मानिसहरु कृषिमा नै आश्रति छन् तर तरकारी किन्न बजार नै उक्लनु पर्छ । बत्तीमुनिको अध्यारो भन्ने उखान यहाा सोह्रै आना सत्य सावित देखिन्छ । त्यही गाउँमा हाम्रो परिवार करिब ४-५ बर्ष बसेका थियों । त्यहीं बसोवास गर्ने केही साथीहरुसाग मैले राम्रो उठवस भएको र सबै कामको रेखदेख पनि हुने हुदा हामीले त्यही ठाउँ छान्यौं ।
गैरीगाउँको २४ परिवारबाट एक एक प्रतिनिधि छानी गैरी गाउँ जनकल्याण समितिको निर्माण गरी कानूनी रुपमा संस्था दर्ता गर्ने र खाता खोल्ने काम गरी पशुपालन, तकारी खेती र माछापालन समूहको निर्माण भयो । ४ वटा पोखरीमा माछा पालन, ३ वटा बंगुर पाल्ने कामबाट थालनी भयो । सबैको जग्गा भाडमा लिई काउली, बन्दा र धनिया खेती सुरु भयो । घामपानीबाट बचाउन प्लाष्टीक खरिद गरियो । यसको लागि आवश्यक पर्ने रकम मध्ये एक लाख मेरो तर्फबाट बिना ब्याजमा सापटी उपलब्ध गरियो । जिविस, गाविस र पशु विकासबाट करिब ७२ हजार सहायता प्राप्त भयो । करिब ७५ हजार जति अन्य स्रोतबाट जम्म्ाा भएको थियो । यो एक बर्ष भित्रमा गाउँको प्राय सबै जग्गाहरु भाडामा उपलब्ध भएकोले करिब ७० हजार बहाल तिर्न पर्ने, मलको लागि ८० हजार, प्लाष्टीकको लागि ५० हजार, माछापालनमा करिब १ लाख र बंगुर पालनको लागि ३२ हजार खर्च भएको देखिन्छ । अहिलेसम्म आम्दानीमा बंगुरको पाठाहरु बेचेर ३८ हजार, तरकारी बेचेर ८० हजार तथा माछाा बेचेर १,१०,००० भएको देखिन्छ । अरु तुरुन्तै बंगुरको अर्को बेत हुादैछ भने तरकारी प्रशस्तै बेच्ने सकिन्छ । तर दुखको कुरो यसपालीको बाढीले पोखरी भत्काएर सबै माछा बगाएछ । अब त्यहााबाट त्यति धेरै आम्दानी हुने देखिदैन । त्यसरी बगाएको माछा अन्यत्र पुगेकोले त्यहााकै बासिन्दाहरुले जम्मा गरेर बेच्न ल्याएको देख्दा 'घ्यु कहाा पोखियो भागमा' भनेर चित्त बुझाउन पाईयो । यो बाढीले माछा नबगाएको भए त्यहााबाट आउने आम्दानीले मेरो १ लाख ऋण फिर्ता पाउने र अरु प्रशस्त लगानी गर्न सक्ने हुन्थ्यो । मैले सायद यो लेख पनि लेख्ने थिइन अहिले । करिब दुई बर्षमा त्यस गाउँमा उल्लेखनीय काम भै सकेपछि अन्य प्रयोजनका लागि यो योजना प्रकाशनमा ल्याउने सोच राखेको थिए । अहिले मलमा धेरै खर्च भएकोले तुरुन्तै चारवटा भैंसी पाल्ने योजना भएको तर पैसा नभएकोले नेपालबाटै करिब रु १,२०,००० ऋणको व्यवस्था गरेका छौं । त्यो रकम दुई महिनाभित्र भुक्तानी गर्नु पर्ने छ ।
अहिले त्यहाँबसोवास गर्नेहरुको सम्पूर्ण तथ्याङ्कहरु संकलन भईरहेको छ । यो योजनाले पाच बर्षभित्र त्यहाँबस्नेहरुको जीवनस्तरमा के कस्तो प्रगति हुने छ यसको विश्लेषण गरिने छ । हाम्रो लक्ष्य अनुसारको उद्देश्य पुरा गर्न थुपैं अन्य योजनाहरु लागु गर्ने छौं । एउटा सभ्य समाजको उदाहरण गैरी गाउँले प्रस्तुत गर्ने छ ।
म नेपालमा हुादादेखि नै एउटा तर्क अगाडि सार्दै आएको छु । 'बोकेको कुकुरले शिकार गर्दैन' - ठूला देशबाट आउने अनुदानले देश बन्ने भए अहिलेसम्म नेपालको रुप यस्तै रहने थिएन । विगतमा हामीले यस्ता एनजिओ, आईएनजिओको बहुतै बिरोध गर्ने गथ्र्यौं । आईएनजिओलाई त साम्राज्यवादीहरुको हामीलाई पराधिन बनाउने चाल भन्थ्यौं । जनतालाई त्यही प्रशिक्षण गथ्र्याैं । त्यो सोह्रै आना बेठिक थियो भनेर त म भन्दीन तर त्यसको हामीले बिरोध गर्ने हो भने त्यसको विकल्प खै त हामी साग ? त्यो गलत हो भने हामीले बिदेशीहरुले गर्न खोजेको जस्तो त्यो काम निकै कम लगानीमा गर्न सक्छौं भनेर किन गर्न सकेनौं ? कसैले गरेन भन्ने हैन अहिले पनि नेपालका थुप्रै ठाउँहरुमा स्वतस्फूर्त ढंगले थुपै्र उदारहणीय कामहरु भएका छन् । त्यसलाई अभियानको रुपमा थालनी गर्नु पर्दछ । त्यही गैरीगाउँमा २०४२ सालतिर प्रत्येकको घरमा बाख्रा, कुखुरा पाल्ने प्रस्ताव गरेका थियौं । सबैको घरमा चर्पीको व्यवस्था गरिनु पर्छ भनेका थियौं । तर सबै कुरा राजनीतिले निर्धारण गर्छ भन्ने मान्यताले त्यस्तो कामहरु सुरु गर्न सकेनौं । तर देशमा गणतन्त्र आइसक्दा पनि ती र त्यस्ता ठाउँहरुमा खासै विकास नभएको तथ्याङ्क हाम्रोसामु स्पष्ट छ र अझै हामीले आ-आफ्नो ठाउँबाट यस्तो कामको थालनी नगर्ने हो भने गणतन्त्र, जनगणतन्त्र जे ल्याए पनि आफै विकास हुने छैन् ।
अहिले नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु मात्र करिब २०० वटा रहेछन् । त्यस मध्ये करिब ५० वटा बच्चाहरुसाग सम्बन्धित, ५० जति स्वास्थ्यसाग सम्बन्धित, ४० भन्दा बढी सामुदायिक विकाससाग सम्बन्धित रहेछन् । बेलायतबाट मात्र करिब ३० वटा संस्थाले काम गरिराखेका छन् । सबै संस्थाको कुल बाषिर्क खर्च जोड्दा करिब १५ अरब नेपाली रुपैया हुादोरहेछ । करिब ६ हजार एनजिओले नेपालमा काम गरिराखेका छन् । उनीहरुको खर्च पनि कम्ती छैन् । एउटा सानो उदाहरणबाट यो लगानीले कस्तो उपलब्धी हासिल गरेको छ भन्ने स्पष्ट देखिन्छ । अहिले समाज कल्याण परिषदले सडक बालबालिका रहित काठमाडौंको योजना बाहिर ल्याएको छ । काठमाडौंमा करिब ८ सय सडक बालबालिकाहरु भएको तथ्याङक रहेछ तर ५६९ वोटा बाल आश्रमहरु नेपालमा स्थापित भएका र अन्य हजारौं संस्थाहरु बालबालिकाको हितको लागि स्थापना भएका छन् । अब कल्पना गरौं, हाम्रो मेहनत र परिश्रमको उपलब्धि कस्तो रहेछ ? मैले यो कुरा उठाएर कुनै संस्थाले पनि राम्रो काम गरेको छैन भनेको हैन तर अब यो शैलीले मात्र हामीले खोजेको नयाँ नेपाल पाउन सम्भव छैन भन्न खोजेको छु ।
मलाई थाहा छ, हामी मध्ये पनि धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालमा धेरै बर्षदेखि सहयोग गर्दै आएका छौं । बिदेशमा बस्नेहरुले बिद्यालयहरु, स्वास्थ्य चौकीहरु, खानेपानीहरु, मठ मन्दीरहरु जस्ता थुप्रै सेवामूलक क्षेत्रमा आर्थिक सहयोग गरेका छौं्र । बिरामी परेकाहरु, अशक्तहरु, दीनदुखीहरुलाई सहयोग गर्ने कुरामा हामी नेपालीहरु जहाा बसे पनि तयार छौं । प्राकृतिक प्रकोपमा त झन थुप्रै सहयोगहरु हामीले संकलन गर्दै आएका छौं । सायद मलाई थाहा नभएको हुन सक्छ हामीले सेवामूलक क्षेत्रमा सहयोग गरेका छौं तर उत्पादनमूलक काममा त्यति ध्यान दिन सकेका छैनौं । अब हामीले उत्पादनमूलक क्षेत्रमा पनि सहयोग गर्न पर्दछ । बिदेशमा बसेर नेपालमा सहयोग पठाउँदा तिनीहरुले त थुप्रै्र कमाएका हुन्छन् तिनीहरुले नपठाए कसले पठाउँछ त भन्ने गरेको पाइन्छ । तर यथार्थमा त्यस्तो हैन यहा पैसा कमाउन कति मेहनत र दुख गर्नु पर्दछ । यहाको झझल्को हामीले दिन सक्नु पर्दछ । टाइसुट, गगल्स र मोबाइल भिरेकै फोटो मात्र हैन प्लेट उठाएको, सुरक्षा दिएको, बस चलाएको, खेती गरेको, बुढाबुढीको स्याहार सुसार गरेको कामको फोटो पनि पठाउन पर्‍यो । यहााको वास्तविकतालाई सही ढंगले ब्यक्त गर्न सक्नु पर्‍यो । यसरी कमाएको पैसाले नेपालमा पनि उत्पादनमूलक काम गर्न सक्यााैं भने मात्र पर निर्भरताबाट आत्म निर्भरता हुनेछ । एउटा बिद्यालयको छाना उडायो भने कहााबाट सहयोग पाइएला भनेर बस्ने दिनको अन्त्य गर्नलाई पनि सामूहिक रुपमा ब्यक्ति बलियो बन्नु आवश्यक छ । आफूलाई आवश्यक पर्ने प्राय सबै वस्तुहरु हामी आफैले उत्पादन गर्न सक्दछौं । आफूलाई चाहिने सामानहरु, आफैले उत्पादन गर्‍यौं भने हामीले थुपै्र बचत गर्न सक्छौं । कृषि र पशुपालनबाट आम्दानी बढ्न थाले पछि निश्चित उद्योगहरु संचालन गर्न सकिन्छ । औद्योगिक विकास बिना देशको विकास सम्भव हुदैन । त्यसैले प्रत्येक गाउँमा स-साना उद्योगको स्थापना गर्न सक्यौं भने स्थानीय आवश्यकताहरु परिपूर्ति हुनेछ ।
हामीले कल्पना गरेको हाम्रो गाउँमा पााच बर्ष भित्र एउटा भिलेज हल बन्ने छ । जसको लागि सित्तैमा जग्गा प्राप्त भैसकेको छ । त्यो घरलाई गाउँको साझा घरको रुपमा प्रयोग गरिने छ । सामूहिक रुपमा गर्नु पर्ने कामहरु गरिने छ । अन्य बेलामा भाडामा कार्यक्रमहरु गर्न दिइने छ । बर्षमा ५ पटक सामूहिक रुपमा जमघट गर्ने र खानापिनाको व्यवस्था मिलाइने छ । जसलाई सम्भव भयो भने क्रमिक रुपमा बढाउादै लगिने छ । यसरी बढाइादै लगिएमा प्रत्येक घर धुरीले खाना पकाउन र सरसफाई गर्न लाग्ने समयलाई हिसाबगरी निश्चित समय सामूहिक काममा निशुल्क लगाइने छ । त्यो उत्पादनबाट आउने मुनाफा सामूहिक कोषमा राखिने छ ।
सम्पूर्ण खर्च कटाएर बचेको रकमको ८० प्रतिशत त्यहाँकाम गर्नेहरुलाई दामासाहीले बााडीने छ र बााकी २० प्रतिशत भैपरी आउने, अफिस खर्च तथा अन्य प्रयोजनका लागि खर्च गरिने छ । यसरी प्राप्त गरेको ८० प्रतिशत नाफा मध्येबाट आवश्यकता अनुसार थप लगानी गर्नु पर्नेछ । ठूला योजनाहरु गर्नु पर्दा फेरि बिना ब्याजमा ऋण खोज्ने ब्यवस्था मिलाइने छ ।
तीन बर्ष देखी ५ बर्षका बालबालिकाहरुलाई हेर्ने एउटा नर्सरीको व्यवस्था मिलाइने छ । ५-१६ सम्मका सबै बालबालिका बिद्यालयमा जाने वातावरण श्रृजना गरिने छ । धेरै उमेरका तथा असक्त बिरामीहरुलाई आफ्नो घरमा हप्ताको एक पटक दक्ष नर्सहरुबाट सहयोग उपलब्ध गराइने छ । बिद्यालय सकेर विश्वबिद्यालय जान नचाहने तथा नसक्नेहरुलाई व्यवसायीक शिपमूलक प्रशिक्षण दिइने छ ।
त्यस गाउँबाट ११ र १२ कक्षामा पढ्ने बिद्यार्थीहरुलाई यस बर्षदेखी सम्पूर्ण शुल्क बिद्यालयमा बुझाउन एउटा कोषको निर्माण गरिने छ । स्थानिय श्री कृष्ण उच्च माविमा अध्ययन गर्ने उक्त गाउँका बिद्यार्थीहरुलाई यो सुविधा उपलब्ध गरााइने छ । आउादो पुस १९ गते उक्त बिद्यालयको बाषिर्क उत्सवमा यसको घोषणा गरिने छ । यसरी सहयोग पाएका बिद्यार्थीहरुले आफूभन्दा तल्लो कक्षाका बिद्यार्थीहरुलाई पढाईमा आवश्यकता अनुसार सहयोग गर्न पर्ने प्राबधान राखिने छ । प्रौढ शिक्षालाई अनिवार्य र व्यवस्थित गर्न आवश्यक योजना बनाइने छ ।
यो कामहरु गर्न तत्काल एक पटकको लागि सय जना साथीहरुलाई महिनाको ५ पाउण्डका दरले बर्षको हुने ६० पाउण्ड एकमुष्ट सहयोग आहृवान गर्दछु । ती सबैको नाम संस्थापक सदस्यको रुपमा दर्ता गराइने छ । जसलाई उक्त गाउँको प्रगति विवरण समय समयमा अवगत गराइने छ ।
उक्त प्रयोजनको लागि यहा पनि सम्भव भए सम्म बिशेष उपायको खोजी गरिने छ । हामीले गर्ने गरेको काममा थप २ दिन अथवा कुनै नौलो काम गरेर उक्त रकम जम्मा गर्ने स्रोतको खोजी भईरहको छ ।
यो कामलाई अभियानको रुपमा लिइने छ । केही समय पछि अन्य ठाउँमा समेत यसको थालनी गरिने छ । देशभरी नै यसलाई जनकल्याण अभियानको रुपमा विकसीत गर्न सकिने छ । यसको मूख्य नाराको रुपमा 'नयाँ नेपालको पहिचान - थालौं जनकल्याणको अभियान' राखिने छ ।
अन्य शीर्षकहरु

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete