Monday, 22 June 2009

history of disdain

तुवाचुग श्री पुर्खाले छोडेको ऐतिहासिक सम्पदाको महत्व बुझौँ आफ्नो धर्म, सँस्कार सँस्कृति र सभ्यताको सँरक्षण गराँै। किरात उद्गम आदीममूमी तुवाचुग जायजुम सँरक्षण समिति खोटाग, हलेसी भौगोलिक तथा ऐतिहासिक पृष्ठभुमि : मानव समुदायको उत्पत्ति र विकासको क्रममा जँगली युग ढुँगे युग पार गर्दै कृषियूग तर्फ प्रवेशको प्रारम्भमा हामी किरात राईहरुको महान पुर्खा पातेसू र वहाँको श्रीमती दिलिदुम डाकुहँमा विश्वको अग्लो सगरमाथाको काख नेपालको पुर्वाञचल माझ किरात प्रदेश खोटाँग जिल्लाको हलेसी महादेवस्थान गा.वि.स.स्थित वडा न.१ ऐतिहासिक नाम तुवाचुँग जायजुम हाल बोलाउने नाम मालाथुम्का डाँडामा बस्ने गरेको किम्बदन्ती छ। उत्त स्थान समून्द्र सतहदेखी करिव ७ हजार फिटको उचाई रहेको अर्खाले, सल्ले, धितुँग, दुरछिम र हलेसी महादेबको बिचमा ३ सय रोपनी जँगल र केही खाली चौर विभिन्न प्रकारको बोटबिरुवा र लालिगँरासले सुसज्जित हिमाल तराई लगायत चौर तर्फको सुन्दर दृश्य राम्रुरी देख्न सकिने यो अत्यन्तै रमाइलो ठाँउमा रहेको छ। सँस्कार, सँस्कृति , सभ्यता सुरु भएको किरात राइहरुको यही उदगम भुमि स्वयम किरात राइहरुको लागि त सबैभन्दा ऐतिहासिक महत्वको तिर्थस्थल हो नै भने समग्र देशको पनि सँस्कृति सम्पदाको धरोहर हो भन्ने कुरामा दुइ मत हुन सक्दैन भन्ने लाग्दछ। पुर्खाले छाडेको यही सम्पदालाइ जोगाएर राखेमात्र पनि हाम्रो सँन्ततीहरुको लागि जिवन यापनको आधार बन्नेछ। सृजनाको पहिलो घाम झुल्केको यस ठाँउ तिर्थस्थल हो नै भने समग्र देशको पनि सँस्कृति सम्पदाको धरोहर हो भन्ने कुरामा दुइ मत हुन सक्दैन भन्ने लाग्दछ। पुर्खाले छाडेको यही सम्पदालाइ जोगाएर राखेमात्र पनि हाम्रो सँन्ततीहरुको लागि जिवन यापनको आधार बन्नेछ। सृजनाको पहिलो घाम झुल्केको यस ठाँउ तिर्थ यात्रीहरुको निमित्त पनि पर्यटन केन्द्रको रुपमा विकास गर्नै पर्ने ठाउँ हो। यही......
Read more>>

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete