लन्डन-साँघुमाथि प्रेमहाङडा. लाल-श्याँकारेलु रापचा[ ]
आपनो जीवनको ३९ औं वसन्त वा इ.१९२७ मा बेलायती नागरिकता वरण गरेका आधुनिक कवि टीएस एलियटले आपनो कविता 'द वेस्ट ल्यान्ड' (इ.१९२२) मा "लन्डन व्रिज इज् फलिङ डाउन..." (लन्डन साँघु ढलिरहेछ) भन्दै आधुनिक बेलायती सभ्यताको क्षयीकरणबारे बेजोडको विम्ब प्रयोग गरेका छन् । मैले भने यो ढलिरहेको विम्ब साँघुमाथि नेपालका भूमिपुत्र प्रेमहाङ फ्याक (तल तस्वीरमा बीच) को प्रतिविम्बै प्रतिबिम्ब देखेँ ।
यसरी उनको प्रतिविम्ब देखेको दिन नव वर्ष ०९ को जनवरी २ तारिखको साँझ थियो । यो मौका कसरी मिल्यो भने मैले मेरो शैक्षिक भ्रमण तालिकामा राखेको तीन शिक्षाधामहरू अक्सफोर्ड र केम्ब्रिजसँगै सोयाज, लन्डन विश्वविद्यालय पनि थियो । दैवसंयोग यही विश्वविद्यालयको शिक्षाशास्त्र संकायमा पेडगोजी/शिक्षणशास्त्रमा मार्स्र्टस सेन्टिनरी छात्रवृत्तिको सहाराले पल्लो किराँतको किराँती-याक्थुङ प्रेमहाङ गत वर्षको फल सेमेष्टरदेखि यहाँ अध्ययनरत थिए । ०८ को ३१ तारेखमा किरणकवि किराँती-कोँइच 'फुर्कुन' सँग केम्ब्रिजको भ्रमणबाट क्रिप्ली रोड-१२, फार्नबरामा साँझ ८ उसो फिरेलगत्तै मेरो म्याक नोटबाट उनीसँग इन्टरनेटमा सम्पर्क भयो ।
तुरुन्तै मैले उही साउथ हारोवासी शिक्षार्थी प्रेमहाङलाई च्याट मेसेजमा पर्सी सोयाजको पथप्रदर्शक बनिदिने प्रस्ताव टाइप गरेँ । आपनो स्प्रिङ सेमेष्टरको भीषण तयारीमा मग्न रहे पनि मेरो प्रस्तावलाई उनले नाइँनास्ती नगरी स्वीकारे । हुन त यो वर्षको क्रिस्मस र नयाँ सालको समेत गरी २३ डिसेम्बरदेखि ०९ सालको जनवरी ५ सम्मै प्रायः शैक्षिक संस्थाहरुमा पठनपाठन खुली सकेको थिएन । र पनि उनको यो स्प्रिङ सेमेष्टरको तयारीमा विशेष भव्यताका साथ जुट्नु नै पथ्र्यो । ३ तारिख शनिवारको निम्तो पनि मैले लाइपचिस सहर, डोएचलान्डबाटै हप्तौं अघि पठाइ सकेको थिएँ । फेरि यता किरणकवि 'फुर्कुन' पनि फार्नबरामा ३ तारिखको नेपाल एकता गोष्ठीको तयारीमा जुट्नुपर्ने भएकोले अक्सफोर्ड र केम्ब्रिजपछिको सहभ्रमणलाई निरन्तरता दिन सक्ने स्थितिमा थिएनन् ।
भोलिपल्ट इशा पात्रो अनुसार नयाँ बर्ष । सारा लन्डन नै रातको ठ्याक्कै १२ बजेको समयलाई अति व्यग्रताका साथ पर्खिरहेको थियो । आ-आफ्नो समयसितै संसारभरिका विभिन्न राजधानी सहरहरुमा ०९ सालको भव्य स्वागतको प्रशारण टीभीले गरिरहेको थियो । म पहाड र काठमान्डूमा यतातिर खास चासो नराख्ने मान्छे । तथापि मैले यो रात १ बजेसम्मै बसेर सेन्ट्रल लन्डनको कठ्याङ्ग्रिदो रातमा पनि प्रायः अर्धनग्न भीड र आतसवाजीलाई टीभीको पर्दामा हेरेँ । हेर्दाहेर्दै करोडौं पाउन्डको यो आतसवाजी एक घन्टासम्मै पड्केर ०८ साल विदा भयो । मैले पर्सिपल्टका लागि सपना बुन्दै ०९ को नयाँ विहानी-रात तताएँ । उँधो लाइपचिस सहरमा पनि एनिमोन आमा-छोरीले यही समय छेको विस्तरा तताएछन् ।
पर्सी त जनवरी २ । युवा शिक्षार्थी प्रेमहाङले सोयाज घुमाउने दिन । विहान ७.१६ फार्नबराबाट रेल चढेर ८.८ बजे वाटरलु पुग्नु पर्ने । उनै प्रेमहाङले दिएको भेट्ने विन्दु भनेको रसेल स्क्वायर । नक्सादेखि लिएर रेलरुटसम्म कवि 'फुर्कुन' ले नै व्यवस्था गरीदिए । वाटरलुबाट ब्लु लाइन याने पिकाडिली लाइन चढेर लाइसेस्टर स्क्वायरमा अर्को ट्युब टे्रन चढेरपछि मात्रै उनले दिएको विन्दु रसेल स्क्वायर पुगिन्छ । 'फुर्कुन' र म सवेरै स्टेसनमा पुग्यौं । तोकिएकै समयमा रेलले वाटरलु उतार्यो । यो ऐतिहासिक नाम पाएको वाटरलुलाई मैले एक कर्के नजर मात्रै लाउन भ्याएँ । किनभने ट्युब पिकाडिली लाइन समात्नु पर्ने थियो र ट्याक्क जीएमटीमा नै त्यो विन्दुमा पुग्नु पर्ने चेतनाले मलाई पिरोलेको थियो ।
तथापि एक झिमिक्मै सम्झनु पर्दा १८ जून १८१५ रविवारको दिन वाटरलु, बेल्जियममा ड्युक अव् वेलिङटनको एङलो-संयुक्त र गेब्हार्ड ब्लुसरको प्रुसियन सेना मिलाएर ७ मिलेमतो सेनासँग नेपोलिएन बोनापार्ट र माइकेल नेइको सेना वीच लडिएको यो युद्घले बोनापार्ट पक्षलाई धुलो चटाएको थियो । बोनापार्टको यो हारसँगै युरोपमा फ्रान्सेली साम्राज्यवादको अन्त्य भएको हो । यही समयको सेरोफेरो इ.१८१४ देखि १६ सम्म हाम्रा भूमिपुत्रहरूबेलायती साम्राज्यवादसँग २ वर्षसम्म सीमा रक्षाखातिर नालापानीमा लडीरहेका थिए । यो ऐतिहासिक नाम पाएको वाटरलु स्टेसनलाई मैले कर्के नजरमै चित्त बुझाउनुको अर्को विकल्प थिएन ।
Subscribe to:
Post Comments (Atom)
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete